

-
वासिङ्टन । अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण दिन प्रतिदिन फैलिँदै गएपनि बहुसङ्ख्यकले आफ्नो घरबाहिर काम गर्ने गरेका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार हरेक दश जना मध्ये छ जनाले आफ्नो घरभन्दा बाहिर काम गर्ने गरेका छन् ।
वासिङ्टन पोष्टले गत अप्रिलको अन्त्यतिर र मे महिनाको शुरुमा गरेको सर्वेक्षणले यस्तो देखाएको उनीहरुको भनाइ छ । उनीहरूले झण्डै आठ हजार जनामा सर्वेक्षण गरेका थिए । उनीहरूको आफूले काम नगर्दा घर परिवारमा समस्या हुने गरेको पनि बताएका थिए । पछिल्लो विवरणअनुसार अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १४ लाख ४२ हजार ८१९ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या ८७ हजार ५३० पुगेको छ । हरेक तीन जनामध्ये एक जनाले हरेक हप्तामा कम्तीमा एक पटक कामका लागि घर छाड्ने गरेको पाइएको पनि सर्वेक्षणकर्ताहरूले जनाएका छन् ।
उनीहरूमध्ये धेरैले आफूलाई कोरोना भाइरसको सङ्क्रमणको त्रास अत्यधिक हुने गरेको पनि बताएका छन् । उनीहरूलाई विषेश गरेर सार्वजनिक यातायातका साधन प्रयोग गर्दा सङ्क्रमण हुने चिन्ता लाग्ने गरेको सुनाएका थिए ।
सर्वेक्षणअनुसार कामका लागि घर छाड्ने झण्डै ३५ प्रतिशत अमेरिकी नागरिकहरूले सबै समय मास्क प्रयोग गर्ने गरेका छन् । त्यसैगरी ३९ प्रतिशतले कुनै कुनै बेला मात्रै मास्क प्रयोग गर्ने गरेका छन् । एनआई
News Desk 0 response शनिबार, जेष्ठ ३, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



