

-
रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं १ स्थित सिसैंमा किसानले उत्पादन गरेको करीब तीन लाख बराबरको तरकारी हिजो सडकमा फालेका छन् ।
सैनामैना नगरपालिका र शुद्धोधन गाउँपालिकाको सीमा क्षेत्र कुश्मामा नगरपालिकाले आवतजावत गर्न रोक लगाएपछि आक्रोशित किसानले करीब २० क्वीन्टल विभिन्न तरकारी लुम्बिनी सडकमा फालेको स्थानीयवासी गणेश पासीले जानकारी दिए ।
सो गाउँपालिका वडा नं १ स्थित बेलवा तरकारी उत्पादनको पकेट क्षेत्र मानिन्छ । किसानले बेलवाबाट बेच्नका लागि बुटवल लैजाँदै गरेको तरकारी बाटामा फालेको पासीले बताए ।
किसानले आफूले उत्पादन गरेको बोडी, घिरौँला, तीते करेला, भन्टा, काँक्रालगायत तरकारी सडकमा फालेका थिए । रुपन्देहीको गैडहवा गाउँपालिकालगायत ठाउँमा पनि कोरोना सङ्क्रमित फेला परेपछि सैनामैना र शुद्धोधनको सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउने सहमतिअनुसार आवतजावत गर्न दिइएको थिएन ।
सैनामैना ४ का वडाध्यक्ष धनबहादुर कार्कीले वडास्तरीय दलीय सहमतिमा आवतजावतमा रोक लगाएको उल्लेख गर्दै शुद्धोधन १ का वडाध्यक्षसँग पनि सहमति भएको बताए । स्थानीय प्रहरी, वडास्तरका राजनीतिक दल, वडाध्यक्षलगायतका स्थानीयवासीको सहमतिमा आवतजावतमा रोक लगाएको बताइएको छ ।
गैडहवा गाउँपालिकामा आवतजावतमा रोक लगाएपछि बेलवाका किसानलाई स्थानीय सूर्यपुरा हुँदै भैरहवा जाने बाटामा पनि अवरोध भएको छ ।स्थानीयवासी दुर्गानिधि पन्तले भने, ‘किसानले उत्पादन गरेको तरकारी बारीमा नै कुहिने अवस्था आएको छ’ ।
विभिन्न गाउँपालिका र नगरपालिकासहित रुपन्देहीमा कोरोना भाइरस सङ्क्रमित सङ्ख्या २८ पुगेका छन् । शुद्धोधन कृषि तथा सहकारीमन्त्री घनश्याम भुसालको निर्वाचन क्षेत्र पनि हो । रासस
News Desk 0 response शनिबार, जेष्ठ ३, २०७७


सम्बन्धित शीर्षकहरु

सेञ्चुरीबाट प्रभु बैँकमा गाभिएका कर्मचारीको समस्या तीन बर्ष हुँदा पनि सुल्झिएन
मङ्लबार, बैशाख ३०, २०८२-
कतारले दिएको बोइङ ७४७ उपहार अस्वीकार गर्नु..
बुधबार, जेष्ठ १, २०८२ -
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना :..
बुधबार, जेष्ठ १, २०८२ -
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् संभावित..
बुधबार, जेष्ठ १, २०८२ -
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
बुधबार, जेष्ठ १, २०८२ -
अमेरिका र साउदी अरबबीच एक खर्ब ४२..
बुधबार, जेष्ठ १, २०८२
-
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना :..
बुधबार, जेष्ठ १, २०८२ -
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् संभावित..
बुधबार, जेष्ठ १, २०८२ -
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
बुधबार, जेष्ठ १, २०८२ -
अमेरिका र साउदी अरबबीच एक खर्ब ४२..
बुधबार, जेष्ठ १, २०८२ -
रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न..
मङ्लबार, बैशाख ३०, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२