

-
कोरोनाभाइरसको सङ्क्रमणका कारण विश्वभरि ज्यान गुमाउनेहरूको सङ्ख्या तीन लाख नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर ४४ लाख भन्दा बढी सङ्क्रमित भइसकेका छन् ।
उक्त सङ्क्रमणबाट निको हुनेहरूको सङ्ख्या भने १५ लाख पुगेको बताइएको छ ।
पछिल्लो तथ्याङ्कअनुसार सबैभन्दा बढी सङ्क्रमित अमेरिकामा छन् ।
१४ लाख भन्दा बढी सङ्क्रमित रहेको अमेरिकामा ज्यान गुमाउनेहरूको सङ्ख्या ८६ हजार पुग्न लागेको छ।
अमेरिकामा मृत्यु हुनेहरूको सङ्ख्या सबैभन्दा बढी न्युयोर्क राज्यमा छ जहाँ २७ हजार भन्दा बढीको मृत्यु भएको छ।
रुसमा पनि सङ्क्रमितहरूको सङ्ख्या बढ्दो क्रममा छ। उच्च सङ्क्रमणका हिसाबले यूके तेस्रो स्थानमा छ। त्यहाँ हालसम्म ३३,६९३ ले ज्यान गुमाएका छन्।
अमेरिकामा चेतावनी
कोरोनाभाइरसका कारण अमेरिकाले ूआधुनिक इतिहासमा सबैभन्दा कठिन जाडो यामू भोग्नुपर्ने हुनसक्ने एक जना विशेषज्ञले कङ्ग्रेसमा बताएका छन्।अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभ्स् अन्तर्गतको एउटा उप(समितिमा बोल्दै डाक्टर रिक ब्राइटले प्रारम्भिक चरणमा सरकारको निष्क्रियताका कारण मानिसहरूको ज्यान गएको बताएका छन्।
चिकित्सकीय सामाग्रीको अभावबारे आफूले गत ज्यानुअरीमा स्वास्थ्य मन्त्रालयका ूशीर्ष नेतृत्वूसमक्ष कुरा उठाएको तर त्यसबारे कुनै प्रतिक्रिया नपाएको उनको भनाइ छ।
यसअघि डाक्टर ब्राइटले राष्ट्रपति डोनल्ड ट्रम्पले सुझाएको उपचारबारे चिन्ता व्यक्त गरेका कारण आफूलाई पदबाट निकालिएको बताएका थिए।
ट्रम्पले भने उनलाई ूअसन्तुष्टू कर्मचारीको संज्ञा दिएका छन् । बीबीसी
News Desk 0 response शुक्रबार, जेष्ठ २, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



