

-
काठमाडौँ । लकडाउनको सदुपयोग गर्दै विभिन्न स्थानका सडक किनारामा ट्राफिक आइल्याण्ड निर्माण गरिरहेको काठमाडौँ महानगरपालिकालाई इँटा अभाव भएको छ ।
यस अवधिमा कामपाले हालसम्म सुन्धारामा चार वटा ट्राफिक आइल्याण्ड निर्माण गरिसकेको छ । अब निर्माण गर्न लागिएको अन्य स्थानका लागि भने निर्माण सामग्री अभाव भएको जनाएको छ । लकडाउनको शुरुआती समयदेखि नै सडक सौन्दयकरणमा जुटेको कामपालाई अहिले निर्माण समग्री अभावमा काम रोक्नुपर्ने बाध्यता रहेको छ ।
निर्माणका लागि आवश्यक पर्ने अन्य सामग्री पाइए पनि कोराना भाइरसको जोखिमका कारण इँटा उद्योग बन्द हुँदा त्यसको अभाव भएको कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । “सडकमा सवारी साधन आवतजावत कम भएकाले काम गर्न सहज भएको थियो । निर्माण सामग्री अभावका कारण अब काम नै रोक्नुपर्ने अवस्था आएको छ”, उनले बताए ।
निर्माण सामग्री प्राप्त भए तत्काल त्रिपुरेश्वर, दरबारमार्ग, अनामनगर र वीर अस्पताल अगाडि निर्माणको तयारीमा कामपा रहेको छ । यससँगै कामपाले वन तथा वातावरण मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा वृक्षरोपण गर्ने तयारी रहेको पनि जानकारी गराएको छ ।
यससँगै सडकको दायाँबायाँ किनारामा रोपिएका बोटबिरुवाको हाँगा काँटछाँट गर्ने र झार उखेलेर सडकलाई चिटिक्क बनाउने अभियान पनि झण्डै ४० नगर प्रहरी जुटेका छन् । शहर सौन्दर्य पार्नका लागि कामपाले यसअघि शहरलाई नै कुरुप बनाउने गरी जथाभावीरूपमा राखिएका १३ हजारभन्दा बढी साना बोर्ड ४४ वटा ठूला होर्डिङबोर्ड पनि हटाइसकेको छ ।
News Desk 0 response बिहिबार, जेष्ठ १, २०७७


सम्बन्धित शीर्षकहरु

सेञ्चुरीबाट प्रभु बैँकमा गाभिएका कर्मचारीको समस्या तीन बर्ष हुँदा पनि सुल्झिएन
मङ्लबार, बैशाख ३०, २०८२-
मन्त्रिपरिषद् बैठक सुरू, कस्तो आउला निर्णय ?
बुधबार, जेष्ठ १, २०८२ -
सरकारी बेरुजु ७ खर्ब ३३ अर्ब रुपैयाँ..
बुधबार, जेष्ठ १, २०८२ -
कतारले दिएको बोइङ ७४७ उपहार अस्वीकार गर्नु..
बुधबार, जेष्ठ १, २०८२ -
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना :..
बुधबार, जेष्ठ १, २०८२ -
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् संभावित..
बुधबार, जेष्ठ १, २०८२
-
मन्त्रिपरिषद् बैठक सुरू, कस्तो आउला निर्णय ?
बुधबार, जेष्ठ १, २०८२ -
सरकारी बेरुजु ७ खर्ब ३३ अर्ब रुपैयाँ..
बुधबार, जेष्ठ १, २०८२ -
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना :..
बुधबार, जेष्ठ १, २०८२ -
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् संभावित..
बुधबार, जेष्ठ १, २०८२ -
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
बुधबार, जेष्ठ १, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२