

-
चितवन । कुखुराका चल्ला बिक्न थालेका छन् । लकडाउन केही खुकुलो भएसँगै कृषकले खोरमा कुखुराका चल्ला राख्न थालेका हुन् । पछिल्लो समय दानाको कच्चा पदार्थको मूल्यमा पनि भारी गिरावट आएको छ । यससँगै दाना उद्योगहरुले दानाको मूल्य घटाउन थालेका छन् । जिउँदो कुखुराको मूल्य पनि बढेपछि कृषकले चल्ला राख्ने क्रम बढेको हो ।
नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलका अनुसार गत आइतबार उत्पादन भएका सबै चल्ला बिकेका छन् । सामान्यतया ह्याचरीले आइतबार र बुधबार चल्ला निकाल्ने गर्दछन् । पोखरेलका अनुसार आइतबार रु २५ हाराहारीमा ब्रोइलर, रु ८० मा लेयर्स र रु ५० मा कलर ब्रोइलर चल्ला बिकेका थिए । ब्रोइलर चल्लाको माग बढ्दै गएकाले यो साताको बुधबार ह्याचरी उद्योगले ब्रोइलर चल्लाको रु ३५ हाराहारी मूल्य पाउने अनुमान व्यवसायीको रहेको छ ।
अहिले सातामा ब्रोइलर चल्ला २५ देखि ३० लाख, लेयर्स एक लाख ३० हजार र कलर ब्रोइलर दुई लाख हाराहारी उत्पादन हुँदै आएको छ । लकडाउनअघि ब्रोइलर चल्ला ३५ लाख उत्पादन हुने गरेको थियो । हाल जिउँदो कुखुराको मूल्य रु २०० देखि २१० मा बिक्री हुन थालेको छ । यो मूल्य लागत मूल्यभन्दा माथिको मूल्य हो । यसलाई कृषकले राम्रो मूल्यको रुपमा लिने गर्दछन् ।
कुखुरापालक कृषक एवं व्यवसायीहरुको छाता संस्था नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्षसमेत रहेका पोखरेल लकडाउनसँगै दैनिक चल्लामा रु तीन करोड ४५ लाख ७० हजार नोक्सान बेहोर्नुपरेको बताउँछन् । ४८ दिनसम्म चल्ला पुर्नुपर्दा रु एक अर्ब ६५ करोड ९३ लाख ६० हजार हाराहारी प्रत्यक्ष नोक्सानी भएको उनको भनाइ छ । अप्रत्यक्षरूपमा यसको प्रभाव दीर्घकालीनरूपमा पर्ने देखिन्छ ।
देशभरमा ३२४ ह्याचरी उद्योग रहेका छन् । ह्याचरीमा प्यारेन्ट नेपालसँगै थाइल्याण्ड, मलेशिया, फिलीपिन्स, अमेरिका, बेलायत, भारतलगायतका देशबाट ल्याउने गरिन्छ । ब्रोइलर चल्लाको लागत मूल्य रु ५७.४५, कलर ब्रोइलरको रु ४० र लेयर्सको रु ९५ पर्ने पोखरेल बताउँछन् । नेपालमा कुखुरापालन क्षेत्रमा एक खर्ब २० अर्ब लगानी भएको व्यवसायी बताउँछन् । जसमध्ये ह्याचरीमा मात्र रु २० अर्बभन्दा बढी लगानी भएको पोखरेलको अनुमान छ । रासस
News Desk 0 response मङ्लबार, बैशाख ३०, २०७७

सम्बन्धित शीर्षकहरु
अब नेपालमा १ सय भन्दा ठूला भारतीय रुपैयाँको नोट चल्ने, २५ हजार रुपैयाँसम्म साटिने
बिहिबार, मंसिर १९, २०८२-
अन्तरिक्षमा अर्को आकाशगंगा फेला परेको खगोलशास्त्रीको दाबी
बिहिबार, मंसिर १९, २०८२ -
धान्य पूर्णिमा, योमरी पुन्हि, ज्यापु दिवस र..
बिहिबार, मंसिर १९, २०८२ -
घोषित मितिमा चुनाव गराई युवाशक्तिको हातमा सत्ता..
बिहिबार, मंसिर १९, २०८२ -
अब नेपालमा १ सय भन्दा ठूला भारतीय..
बिहिबार, मंसिर १९, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२
-
अन्तरिक्षमा अर्को आकाशगंगा फेला परेको खगोलशास्त्रीको दाबी
बिहिबार, मंसिर १९, २०८२ -
धान्य पूर्णिमा, योमरी पुन्हि, ज्यापु दिवस र..
बिहिबार, मंसिर १९, २०८२ -
घोषित मितिमा चुनाव गराई युवाशक्तिको हातमा सत्ता..
बिहिबार, मंसिर १९, २०८२ -
अब नेपालमा १ सय भन्दा ठूला भारतीय..
बिहिबार, मंसिर १९, २०८२ -
मधेशमा नयाँ सरकार गठनका लागि आह्वान
बुधबार, मंसिर १८, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
आजदेखि बजारमा चुच्चे नक्सा भएको सयको नयाँ..
बिहिबार, मंसिर १२, २०८२ -
विवेकशील साझा पार्टी र रास्वपासँग एकीकरण हुने,..
बुधबार, मंसिर ११, २०८२ -
दल दर्ताका लागि आज अन्तिम दिन :..
बुधबार, मंसिर ११, २०८२ -
१ जनवरीदेखि पर्यटकको अनलाइन ट्र्याकिङ प्रणाली सुरु..
बिहिबार, मंसिर १२, २०८२



