

-
तनहुँ । लकडाउन समयमा दमौली अस्पतालमा सञ्चालित डायलाइसिस केन्द्रमा करीब दुई हप्ता रगत अभाव देखिए पनि अहिले आपूर्ति भएको छ । नेपाल रेडक्रस तनहुँ रक्तसञ्चार प्राविधिक सहयोगमा एक हप्ताका अवधिमा पाँच संस्थाले रक्तदान कार्यक्रममार्फत १३५ पिण्ट रगत संकलन गरी अस्पताललाई हस्तान्तरण गरेका छन् ।
प्रोग्रेसिभ इन्जिनियरिङ एसोसियसन नेपाल तनहुँले ३०, नेपाल तरुण दलले ३०, जेसिआई दमौलीले २८, नेविसंघ तनहुँले ३६ र नेपाल रेडक्रस सोसाइटीले एक हजार एक सय पिण्ट रगत केही दिनअघि संकलन गरेका थिए । सिद्धार्थ बचत तथा ऋण सहकारीले भने ३६ पिण्ट संकलन गरी पोखरा पठाएको नेपाल रेडक्रस तनहुँ रक्तसञ्चार शाखाका प्राविधिक जसोदा थापाले जानकारी दिइन् । लकडाउन समयमा एकदुई हप्ता रक्ताभाव देखिए पनि डायलाइसिसका बिरामीलाई उपचार नरोकिएको उनले बताइन् ।
दमौली अस्पतालमा सञ्चालित शत्रुध्न मञ्जु डायलाइसिस केन्द्र दमौलीमा केही समूहका रगत अभाव हुँदा उपचारमा समस्या भएको थियो । उक्त केन्द्रले ४१ पुरुष र २७ महिला गरी ६८ बिरामीलाई डायलाइसिस सेवा दिँदै आए पनि रगतको अभावका कारण उपचारमा समस्या भएको डायलाइसिस केन्द्र दमौलीका प्रमुख प्रेमसिं गुरुङले जानकारी दिए । रासस
News Desk 0 response मङ्लबार, बैशाख ३०, २०७७

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३
-
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



