

-
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सम्भावित जोखिमबाट बचाउनका लागि परीक्षणलाई तीव्रता दिएको छ । कोरोना भाइरस रोकथाम गर्नका लागि पिसिआर परीक्षण १७ हजार ८०९ र आरडिटी ५८ हजार ५४६ व्यक्तिमा गर्न सफल भएको छ ।
पछिल्लो २४ घण्टामा थप दुई हजार ७९९ को परीक्षण सम्पन्न गरेको छ । मन्त्रालयमा आज आयोजित नियमति पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाकाले कोरोना भाइरसको रोकथाम गर्नका लागि परीक्षणलाई तीव्रता दिएको जानकारी दिए । आजसम्म आरडिटी परीक्षण प्रदेश नम्बर १ मा सात हजार ७३७, प्रदेश नं २ मा पाँच हजार ९२७, वाग्मती प्रदेशमा नौ हजार २९०, गण्डकी प्रदेशमा छ हजार ४८५, प्रदेश नं ५ मा छ हजार ९८५, कर्णाली प्रदेशमा सात हजार ११४ र सुदूरपश्चिम प्रदेशमा १५ हजार नौवटा परीक्षण भएको छ । हाल १२ हजार ७०१ क्वारेन्टाइनमा रहेका छन् । आइसोलेशनमा १५३ रहेका छन् ।
कोरोना भाइरस सङ्क्रमित १२१ जना पुगेका छन् । तीमध्ये ३३ जना ठीक घर फर्किएका छन् । हालसम्म रेडजोनमा ३४२ रहेका छन् । यसैबीच, चीन सरकारले प्रतिबद्धता गरेको स्वास्थ्य सामग्रीमध्ये केही स्वास्थ्य सामग्री आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिएको छ । ती स्वास्थ्य सामग्रीमध्ये ४० हजार थान पिसीआर टेष्ट किट, १० हजार डिपोजएल गाउन, एन ९५ मास्क २० हजार र सर्जिकल मास्क आठ हजार र मेडिकल चस्मा १० हजार मन्त्रालयलाई हस्तान्तरण भएको छ ।
News Desk 0 response सोमवार, बैशाख २९, २०७७

सम्बन्धित शीर्षकहरु
-
चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ
बुधबार, असार ३१, २०८३ -
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त..
बुधबार, असार ३१, २०८३ -
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३
-
चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ
बुधबार, असार ३१, २०८३ -
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त..
बुधबार, असार ३१, २०८३ -
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३



