• नयाँ दिल्ली । भारतमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमितको संख्या सोमबारसम्म ६७ हजार १५२ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ४ हजार २२३ जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

    भारतमा यस प्रकोपबाट मृत्यु हुनेहरुको सख्या २ हजार २०६ जना पुगेको छ । यस संक्रमणबाट निको भएका विरामीको संख्या २० हजार ९१६ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा सोमबार बिहानसम्मको तथ्याङ्कअनुसार हाल यो रोगका ४४ हजार ८२९ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् ।

    कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र २२ हजार १७१ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । यस संक्रमणबाट महराष्ट्रमा ८३२ को मृत्यु भएको छ महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ ८ हजार १९४ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन्, भने ४९३ जनाको मृत्यु भएको छ । दिल्लीमा कोरोना भाइरसको संक्रमणबाट ६ हजार ९२३ जना विरामी छन् । त्यसैगरी तमिलनाडू ७ हजार २०४ संक्रमति रहेका छन् । एएनआई