

-
काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना भाइरसबाट जनताको जीवनरक्षाका लागि जारी बन्दबन्दीकैबीचमा अर्थतन्त्रलाई क्रमशः चलायमान बनाइने बताएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा पूर्वबजेट छलफलअन्तर्गत आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धमा भएको छलफलपछि जवाफ दिँदै मन्त्री खतिवडाले अहिलेको पहिलो चुनौती जीवनरक्षा भएको र जीवनरक्षाकै लागि आर्थिक गतिविधिलाई पनि सँगसँगै अघि बढाउने दिशामा सरकारउन्मुख भएको बताए ।
मन्त्री खतिवडाले कृषि उत्पादनले बजार पाउनुपर्ने र स्थानीय तहलाई थप अधिकार दिने कुराहरुलाई स्वीकार गर्दै कोरोना जोखिमका समयमा प्रदेश र स्थानीय तह सक्रिय भई सङ्घीयताको औचित्य पुष्टि गरेकाले तीन वटै तहका सरकारबीच समन्वय बढाउने गरी बजेटको प्रबन्ध गर्ने बताए ।
उनले सांसदहरुले कोरोना सङ्कटले प्रभावित भएको अर्थतन्त्रलाई माथि उठाउन कृषि क्षेत्रलाई प्राथमिकता दिन र स्वास्थ्य पूर्वाधारमा लगानी बढाउन दिएका सुझावलाई बजेट निर्माणका क्रममा मार्गदर्शनका रुपमा लिइने विश्वास व्यक्त गरेका छन् ।
मन्त्री खतिवडाले विदेशमा रहेका नेपालीलाई बेवारिसे हुन नदिने र कूटनीतिक माध्यमबाट आवश्यक सहयोग गरिने तर सीमा खोल्ने वा आवागमन गर्ने कुरा जोखमयुक्त हुने पनि बताए । उनले अरु क्षेत्रको विकाससँगै कृषिको सन्तुलित विकासको मार्गमा सरकारले अघि बढ्ने जानकारी दिएका छन् ।
News Desk 0 response सोमवार, बैशाख २९, २०७७


सम्बन्धित शीर्षकहरु
-
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२
-
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२ -
आज २५६९औं बुद्ध जयन्ती मनाइँदै
सोमवार, बैशाख २९, २०८२
-
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२