

-
नवलपरासी । लकडाउनका कारण नवलपरासीमा पशु आहार सहजै रुपमा प्राप्त नहुँदा दुग्ध उत्पादनमा कमी आएको छ । दुग्ध विकास संस्थान सुनवल चिस्यान केन्द्र पश्चिम नवलपरासीका अनुसार बन्दाबन्दी पहिले दैनिक करीब २० देखि २२ हजार लिटर संकलन हुने गरेकामा अहिले घटेर १४ देखि १५ हजार लिटरमा प्रतिदिन झरेको छ ।
लकडाउनका कारण पशु आहार पर्याप्त रुपमा नपाएपछि उत्पादनमा कमी आएको केन्द्रका कार्यालय प्रमुख विकास कार्की बताउँछन् । दुग्ध विकास संस्थान हेटौँडामा रहेको पशु आहार उत्पादन उद्योगमा समेत उत्पादन कमी आएको छ । संस्थानले सहकारी संस्थामार्फत सर्वसाधारणलाई पशु आहार बिक्रीवितरण गर्छ ।
गाईभैंसीलाई आवश्यक पर्ने पशु आहार ब्रान, चापट र पिना पाउन निकै समस्या छ । उत्पादन घटे पनि स्थानीय बजारमा बिक्री गर्न धैरे समस्या रहेको बर्दघाट –२ चिसापानी नमूना कृषि फर्म सञ्चालक शेरबहादुर आचार्य बताउँछन् । पश्चिम नवलपरासीमा संस्थानको सुनवल र सरावल गाउँंपालिका– १, बासाबसहीमा चिस्यान केन्द्र छन् । दुवै केन्द्रमा २१ सहकारी संस्थामार्फत दूध संकलन हुन्छ । जिल्लामा संकलित दूध पोखरा र विराटनगर पठाउने गरिन्छ । पोखराको सुजल डेरी उद्योग र विराटनगरको दुध वितरण आयोजनामा धुलो दूध बनाउने गरिएको छ ।जिल्लास्थित सहकारी संस्थाले दूध बिक्री गरेको एक महिनाको रकम पाउन सकेका छैनन् । लकडाउनका कारण एक महिनाअघिदेखिको रकम सहकारी संस्थालाई भुक्तानी गर्न नसकिएको प्रमुख कार्कीको भनाइ छ । यता स्थानीय बजारमा करीब ८० प्रतिशत र जिल्लाभन्दा बाहिरको निकासीमा ७० प्रतिशत कमी आएका कारण केही सरकारी संस्थाले दुधजन्य वस्तु घिउ र छुर्पी उत्पादन गर्न थालेको सुनवल– ४ स्थित ज्ञानोदर डोरी उद्योगका सञ्चालक दयाराम भण्डारी बताउँछन् ।
जिल्लामा दैनिक १० देखि १२ लाख बराबरको दूध तथा दुग्धजन्य सामग्रीको कारोवार हुन्छ । दूधको खुद्रा बजार मूल्य प्रतिलिटर ७५ देखि ८० रुपैयाँ भए पनि संस्थानले दूधको चिल्लोपना र बाक्लोपनाका आधारमा न्यूनतम ४० देखि ६० रुपैयाँसम्म सहकारी संस्थामार्फत किसानलाई रकम भुक्तानी गर्दै आइरहेको छ । संस्थानका दुई चिस्यान केन्द्रमा करीब दुई हजार किसानले दूध संकलन गर्छन् । जिल्लामा करीब ५० सानाठूला व्यवसायिक पशुपालन फर्म र एक दर्जन व्यावसायिक ठूला दुग्ध उद्योग सञ्चालनमा छन् । रासस
News Desk 0 response आइतवार, बैशाख २८, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३



