

-
प्युठान । प्युठानका ग्रामीण समुदायको प्रत्यक्ष आम्दानीको स्रोत जडिबुटी अलपत्र परेका छन् । लाखौँको मूल्यमा खरीद भएको तेजपात र दालचिनी बन्दाबन्दीले बिक्री नभएपछि संकलन केन्द्रमै दुई महिनादेखि थन्किएको छ ।
स्थानीय कृषकबाट प्रतिकेजी ३२ का दरले खरीद गरी लिइएको ६० क्विन्टल तेजपात र प्रतिकेजी ८५ का दरले खरीद गरिएको १५ क्विन्टल दालचिनी मल्लरानी गाउँपालिका २ चुदरीखोलाको संकलन केन्द्र र स्थानीय व्यापारीको कोठामा थन्किएको स्थानीयवासीले बताएका छन् । बन्दाबन्दीका समयमा बजार नपाउने भएपछि केही कृषकले जडिबुटी संकलन नगर्दा बोटमै खेर गएको छ ।
बारी तथा निजी वनमा रहेका दालचिनी, काउलो, टिमुर, रिठ्ठो र दारुहल्दी (चुत्रो) का बोक्रा संकलन तथा बिक्री गरी स्थानीयवासीको आयआर्जन तथा रोजगारमा वृद्धि भएको थियो । बारीका कान्ला र निजी वनमा उत्पादन भएका सुगन्धित तथा औषधिका गुण भएका पैदावार बन्दाबन्दीका कारण संकलन केन्द्रमै थन्किएपछि कृषकलाई समस्या भएको छ । भुल्के चुदरीखोला सामुदायिक वनले निर्माण गरेको संकलन केन्द्र तथा स्थानीय व्यापारीले संकलन गरेको ६० क्विन्टल तेजपात र १५ क्विन्टल दालचिनी (बोक्रा) भण्डारमै थन्किएको संकलक नारायण बुढाथोकीले जानकारी दिए ।
गत वर्ष करीब १९० क्विन्टल तेजपात र दालचिनी बिक्री भएको चुदरीखोलामा यस वर्ष ४० प्रतिशत संकलन भए पनि जिल्ला बाहिर निकासी गर्न सकिएको छैन । ‘जडिबुटी खरिद गरेर राखेका छौँ’, बुढाथोकीले भने । रिठ्ठा तथा अन्य जडिबुटी काउलो, दारुहल्दी, पाखनवेद र सुगन्धकोकिला (मालागेडी) बन्दाबन्दीका कारण संकलन नै भएको छैन । दालचिनीको पात र बोक्रा निकाल्ने समय फागुन, चैत र वैशाख महिना भए पनि संकलनका समयमा नै बन्दाबन्दी भएपछि बिक्री नहुने आशंकामा संकलन नगरिएको कृषक उमबहादुर बुढाथोकीले बताए । यस वर्षका अधिकांश तेजपात र दालचिनी बोटमै छन् ।
निजी जग्गाबाट संकलित जडिबुटीबाट गत वर्ष प्रतिघरपरिवार ३० हजारदेखि १ लाख २० हजारसम्म वार्षिक आम्दानी गर्ने करीब दुई सय कृषकको यस वर्ष आम्दानी गुमेको छ । वार्षिक रुपमा करीब ३५–३५ टन तेजपात र दालचिनी, ३० टन रिठ्ठा, पाँच टन काउलो, दुई टन पाखनवेद र एक टन सुगन्धकोकिला प्युठानबाट निकासी भएकामा यस वर्ष हुन नसकेको डिभिजन वन कार्यालय प्युठानका रेञ्जर हरि पौडेलले जानकारी दिए ।
News Desk 0 response शनिबार, बैशाख २७, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३



