

-
बैतडी । असिनापानीले बैतडीका विभिन्न स्थानमा लगाइएको गहुँबाली, तरकारीबाली, फलफूल र धानका बेर्नामा क्षति पुर्याएको छ । केही दिनदेखिको लगातार वर्षा र बुधबार साँझ परेको असिनापानीले गहुँबालीमा व्यापक क्षति पुर्याएको किसानले बताएका छन् ।
जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिकालगायत क्षेत्रमा गहुँबाली, तरकारीबाली र फलफूल खेतीमा व्यापक क्षति पुर्याएको दशरथचन्द नगरपालिका–२ देहीमाडौँका माया बोहराले बताए । “असिनाले खेतमा पाकेको गहुँ पूर्णरूपमा नष्ट गरेको छ । खेतमा पाकेको गहुँ नष्ट हुँदा भोकमरीको सम्भावना बढेको छ”, उनले भने ।
पाटन क्षेत्रमा किसानले खेतमा राखेको धानको बेर्नासमेत नष्ट गरेको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकाका पनि विभिन्न स्थानमा असिनाले बालीनाली व्यापक क्षति पुर्याएको किसानले बताएका छन् । बैतडीमा यो वर्ष गहुँ उत्पादनमा कमी आउने सङ्केत देखिएको छ । जिल्लाका धेरै ठाउँमा असिनापानीले गहुँबाली क्षति पुर्याएको तथा पहेँलो सिन्दुरे रोगले पनि गहुँबालीलाई क्षति पुर्याएकाले गहुँ उत्पादनमा कमी आउने देखिएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए ।
असिना परेको ठाउँमा ७५ प्रतिशत गहुँबाली नष्ट भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । असिनाले गहुँबाली नष्ट भएका कारण यो वर्ष गहुँको उत्पादन भारी गिरावट आउने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख चन्दको भनाइ छ । मुख्य खाद्यबालीका रूपमा रहेको गहुँबालीमा क्षति पुर्याएकाले भोकमरी हुने भन्दै किसान चिन्तित बनेका छन् ।
गत वर्ष २४ हजार ५०० मेट्रिकटन गहुँ उत्पादन भएकामा यो वर्ष गहुँ उत्पादन घट्ने देखिएको छ । बैतडीमा १७ हजार ५०० हेक्टर जमिनमा गहुँखेती गरिँदै आएको छ । लगातारको वर्षाले बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा अन्नबाली भित्र्याउन समस्या भएको छ । किसानले लगाएको गहुँलगायत अन्नबाली पाकिसकेको भए पनि वर्षाका कारण भित्र्याउन समस्या भएको हो ।
बैतडी, दार्चुला, बझाङलगायत पहाडी जिल्लाका किसानलाई खेतीपाती भित्र्याउन धौधौ परेको भए पनि वर्षा बाधक बनेको हो । दार्चुलाको शैल्यशिखर नगरपालिका–७ देवथली, काडाँपारीलगायत क्षेत्रमा गहुँ काट्न चटारो परेको भए पनि लगातारको पानीले समस्या भएको स्थानीय गङ्गासागर जोशीले जानकारी दिनुभयो ।
News Desk 0 response बिहिबार, बैशाख २५, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३



