

-
काठमाडौं । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले सातै प्रदेशका प्रहरी प्रमुखहरुलाई लकडाउन कार्यान्वयन र शान्ति सुरक्षा चुस्त पार्न निर्देशन दिएका छन् । प्रहरी महानिरीक्षक ज्ञवालीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको कारण सिर्जना भएको विषम परिस्थितिमा नेपाल सरकारद्वारा घोषित लकडाउन कार्यान्वयन गर्न अग्रपङ्तिमा खटिएको प्रहरीको सक्रिय योगदानका कारण सकारात्मक सन्देश गएको चर्चा गर्दै अझै थप कडाइका साथ लाग्न आग्रह गरेका हुन् ।
विषम परिस्थितिमा खटिएका प्रहरी कर्मचारीहरुको स्वास्थ्य स्थितिप्रति प्रदेश प्रहरी नेतृत्व अझै संवेदनशील हुनुपर्ने उनले उल्लेख गरेका छन् । प्रहरी कर्मचारीलाई आवश्यक मास्क र स्यानिटाइजर तथा अग्रपङ्तिमा खटिएका प्रहरीका लागि पिपिई समेतको आवश्यकताअनुसार थप व्यवस्था गरिने उनले आश्वासन दिएका छन् ।
सीमा क्षेत्रमा थप सक्रियता अपनाउनुपर्नेतर्फ जोड दिँदै उनले जिल्ला प्रशासन कार्यालय र अन्य सुरक्षा निकायहरुसँग समन्वय र सम्बन्धको माध्यमबाट सीमा व्यवस्थापन गर्न प्रदेश प्रमुखहरुलाई निर्देश गरेका छन् । उनले सम्बन्धित प्रदेशको समस्या र आवतजावत उक्त प्रदेशभित्र नै समाधान गरी अन्तरप्रदेश र अन्तर जिल्लामा आवतजावत पूर्णरुपमा बन्द गरी अति संवेदनशील एम्बुलेन्स लगायतलाई मात्रै अनुमति दिन भनेका छन् ।
प्रहरी महानिरीक्षक ज्ञवालीले समाजमा विभिन्न अपराधहरु घटन नदिन सचेत हुनुपर्नेमा जोड दिँदै हुन सक्ने घटनाप्रति उच्च संवेनशील भई कार्य गर्न निर्देशन दिएका छन् । बाढी, पहिरो, हावाहुरी, खडेरीलगायतका प्राकृतिक प्रकोपहरु समेत आउन सक्ने मौसम भएकाले त्यसतर्फ समेत चनाखो रहन आग्रह गरेका छन् ।
News Desk 0 response बिहिबार, बैशाख २५, २०७७

सम्बन्धित शीर्षकहरु
-
नेपालको शानदार जित : कुशल भुर्तेलको शतकमा..
शनिबार, जेष्ठ २, २०८३ -
प्रधानमन्त्रीले गरे डीडीसी चिजको प्रमोशन
शनिबार, जेष्ठ २, २०८३ -
काठमाडौंका ९५ शैक्षिक कन्सल्टेन्सीमाथि प्रहरी छापा, ६९..
शुक्रबार, जेष्ठ १, २०८३ -
ट्रम्पको चीन भ्रमण सम्पन्न, कुनै ठूलो व्यापार..
शुक्रबार, जेष्ठ १, २०८३ -
बेरुजु ७ खर्ब ५५ अर्ब पुग्याे, एक..
शुक्रबार, जेष्ठ १, २०८३
-
नेपालको शानदार जित : कुशल भुर्तेलको शतकमा..
शनिबार, जेष्ठ २, २०८३ -
प्रधानमन्त्रीले गरे डीडीसी चिजको प्रमोशन
शनिबार, जेष्ठ २, २०८३ -
काठमाडौंका ९५ शैक्षिक कन्सल्टेन्सीमाथि प्रहरी छापा, ६९..
शुक्रबार, जेष्ठ १, २०८३ -
ट्रम्पको चीन भ्रमण सम्पन्न, कुनै ठूलो व्यापार..
शुक्रबार, जेष्ठ १, २०८३ -
बेरुजु ७ खर्ब ५५ अर्ब पुग्याे, एक..
शुक्रबार, जेष्ठ १, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



