

-
बर्लिन । कोरोनाभाइरसका कारण अस्तव्यस्त बनेको जनजीवनलाई सामान्य तुल्याउन जर्मनीमा यो महिनाभर विभिन्न कार्यहरु अघि बढाइने भएको छ । केही हप्तासम्म लकडाउन भएसँगै देशभरका व्यवसाय र विद्यालयहरु बन्द रहेका छन् ।
सरकारले यसै महिनाभित्र पसल र विद्यालय खोल्ने कार्ययोजना तयार पारेको छ ।
गत अप्रिल २० बाट गरिएको आंशिक लकडाउन निकै प्रभावकारी भएको र नयाँ संक्रमणका घटनाहरु निरन्तर घट्दै गएको भन्दै सरकारले तयार पारेको एक प्रतिवेदनमा अब देशका व्यवसाय र विद्यालयहरु खोल्ने रणनीति बनाइने उल्लेख छ ।
परीक्षाको तयारीमा रहेका बालबालिकाका लागि विद्यालयहरु हाल संचालनमा आइसकेका छन् । तर शिशु कक्षा र प्राथमिक विद्यालयहरु अर्को हप्ताबाट खुल्नेछन् ।
जर्मन चान्सलर एन्जेला मर्केल र जर्मनीका १६ वटा संघीय राज्यका प्रमुखहरुले बुधबार विद्यालय र व्यवसाय खोल्ने सम्बन्धी एक दस्तावेजमा हस्ताक्षर गर्ने कार्यक्रम राखिएको छ ।
विश्वविद्यालयहरु खोल्ने विषयमा भने सम्बन्धित राज्यले निर्णय गर्नेछन् ।
सबैजसो राजनीतिज्ञहरुले सबैजसो पसल व्यवसाय खोल्न सकिने तर सरसफाइ, प्रवेश र सामाजिक दूरीजस्ता विषयलाई प्रमुख रुपमा ध्यान दिन आग्रह गरेका छन् ।
हालसम्म पसलको जमिनको सतह ८०० वर्गमिटर (८ हजार ६०० वर्गफिट) सम्म रहेका पसलहरु मात्र खोल्न अनुमति दिइएको छ ।
रेष्टुराँहरु आगामी मे ९ बाट खोल्न सकिने तर त्यसको निर्णय गर्ने अधिकार राज्यहरुलाई दिइएको छ ।
यदि सात दिनभित्र प्रति एक लाख जनसंख्यामा ५० जनाभन्दा बढी नयाँ संक्रमित व्यक्ति भेटिए सम्बन्धित नगर वा जिल्लामा लकडाउन गरिने छ । एएफपी
News Desk 0 response बुधबार, बैशाख २४, २०७७


सम्बन्धित शीर्षकहरु
-
झम्कको उपलब्धि, बेरुजुमा सिन्धुपाल्चोकमा इन्द्रावती कम
बुधबार, जेष्ठ १, २०८२ -
मन्त्रिपरिषद् बैठक सुरू, कस्तो आउला निर्णय ?
बुधबार, जेष्ठ १, २०८२ -
सरकारी बेरुजु ७ खर्ब ३३ अर्ब रुपैयाँ..
बुधबार, जेष्ठ १, २०८२ -
कतारले दिएको बोइङ ७४७ उपहार अस्वीकार गर्नु..
बुधबार, जेष्ठ १, २०८२ -
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना :..
बुधबार, जेष्ठ १, २०८२
-
झम्कको उपलब्धि, बेरुजुमा सिन्धुपाल्चोकमा इन्द्रावती कम
बुधबार, जेष्ठ १, २०८२ -
मन्त्रिपरिषद् बैठक सुरू, कस्तो आउला निर्णय ?
बुधबार, जेष्ठ १, २०८२ -
सरकारी बेरुजु ७ खर्ब ३३ अर्ब रुपैयाँ..
बुधबार, जेष्ठ १, २०८२ -
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना :..
बुधबार, जेष्ठ १, २०८२ -
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् संभावित..
बुधबार, जेष्ठ १, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२