

-
बझाङ । मौसममा आएको खराबीका कारण किसानलाई गहुँबाली भित्र्याउन समस्या भएको छ । प्रायःजसो केही सातादेखि लगातार पानी परिरहेकाले जिल्लाका अधिकांश कृषकलाई पाकेको अन्नबाली भित्र्याउन समस्या भएको हो । उब्जनीका हिसाबले राम्रो मानिने जयपृथ्वी नगरपालीकाको देवल, भोपुर, रुइनाबगर, साइलाबगर, गोलाइ, पडेस, सुवेडा, खप्तड, थलारा, दुर्गाथली र केदास्युँलगायतका खेत जिउलाहरुमा अहिले पाकेको गहुँ वर्षाले बिग्रँदै गएको छ ।
एक हप्तादेखि लगातार पानी पर्ने र बादल लाग्ने गरेकाले आफूहरुले पाकेको गहुँ काट्न नपाएको जयपृथ्वी नगरपालिका–११ भोपुरका कृषक महादेव जोशीले बताए । उनले भने, “कतिपय किसानले काटिसकेको गहुँ पनि सुकाउन झार्न पाएका छैनन् । उनीहरुजस्तै जिल्लाका सबै किसानको उस्तै समस्या हो, पाकेको गहुँ खेतमै कुहिएको छ ।”
यसपालि गहुँ पसाउने समयमा लगातार वर्षा भइरहदाँ गहुँबालीमा रोग देखिएकाले उब्जनी कम भएको जयपृथ्वी नगरपालीका–३ का किसान गजेन्द्र वलीले बताए । उनीजस्तै जयपृथ्वी नगरपालिका कृषि प्राविधिक मनराज जोशीले यस वर्ष मौसम बदलीका कारण धेरै पानी परेको हुदाँ गहुँमा पहेलो सिदुरे, ढुसीरोग लागेको बताए । यस वर्ष गहुँबालीमा उत्पादन कम हुने निश्चित छ । जिल्लामा डब्लुके एक हजार ४०० धवलागिरि, स्वर्गद्वारी र स्थानीय जातका गहुँ लगाउने प्रचलन रहेको उनले बताए ।
कृषि ज्ञान केन्द्र बझाङका प्रमुख दिलबहादुर सिंहले सिँचाइ हुने ठाउँमा आकाशेपानी बढी परेकाले गहुँमा सिदुरेरोग देखापरेको बताए । जिल्लामा १० हजार ९०० हेक्टरमा गहुँखेती गर्ने गरिएको छ । चार हजार हेक्टरमा सिँचाइ हुने भएता पनि अन्य ठाउँमा आकाशेपानीको भरमा खेती हुने ज्ञान केन्द्रले जनाएको छ ।
News Desk 0 response बुधबार, बैशाख २४, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३



