

-
धम्बोझी । सुगन्धित जडिबुटी फूलको व्यावसायिक तेल उत्पादनले यहाँका किसानको जीवनस्तर उकास्न सहयोग पुगेको छ । बर्दियाको मधुवन नगरपालिका वडा नं १ सूर्यपटुवा क्षेत्रका किसान क्यामोमाइल जातको जडिबुटीबाट सुगन्धित तेल उत्पादनमा लागेका छन् ।
पश्चिम तराई भूपरिधि विकास आयोजनाको सहयोगमा क्यामोमाइल तेल उत्पादनमा किसान आकर्षित भएको शिव बचत तथा सहकारी संंस्थाका सदस्य तथा प्राविधिक रामबहादुर थापाले जानकारी दिए । क्यामोमाइलबाट सुगन्धित धुप र तेल उत्पादन हुन्छ । उनका अनुसार चार महिनामा तयार हुने सो खेती यस वर्ष करीब ४५ बिघा क्षेत्रफलमा लगाइएको छ ।
गत वर्ष सात बिघामा लगाइएको सो जडिबुटीबाट किसानले करीब २५ लाख बराबरको तेल सहकारी संस्थालाई बिक्री गरेका थिए । क्यामोमाइलको प्रशोधन गर्ने हाल तीन यन्त्र छन् । अरु दुई थप गर्ने योजना रहेको सहकारीका प्राविधिक थापाले बताए । सहकारीले किसानबाट उत्पादन खरीद गरी नेपालगञ्जमा बिक्री गर्ने गरेका छन् । यसको प्रतिलिटर मूल्य ४८ हजार छ । क्यामोमाइलबाट औषधि, स्याम्पु, अत्तर जस्ता सुगन्धित वस्तु उत्पादन हुन्छ ।
News Desk 0 response मङ्लबार, बैशाख २३, २०७७


सम्बन्धित शीर्षकहरु
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२