

-
प्युठान । प्युठानका क्वारेन्टाइनमा बसेकालाई रोग प्रतिरोधात्मक औषधि वितरण शुरु गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न स्थानीय तहका सबै क्वारेन्टाइनमा औषधि वितरण शुरु गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्दले जनाएको छ ।
सोअनुसार मल्लरानी गाउँपालिका–४ का दुई क्वारेन्टाइनमा बस्दै आएका २४ व्यक्तिलाई रोग प्रतिरोधात्मक औषधि वितरण गरिएको छ । त्यहाँका होम क्वारेन्टाइनमा रहेका व्यक्ति, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक औषधि वितरण गरिने र आवश्यक परेमा तनाव व्यवस्थापनसम्बन्धी मनोविमर्श सेवा प्रदान गरिने निमित्त कार्यालय प्रमुख शिशिर पोख्रेलले बताए ।
प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि गुडुची, पाखनवेद, अमलालगायत मिश्रणबाट बनाइएको धुलो चिया जस्तै पकाएर खान सकिने उनको भनाइ छ । प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयको निर्देशननुसार आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिबाट कोभिड –१९ रोकथाम तथा व्यवस्थापनसम्बन्धी स्रोत सामग्री २०७७ कार्यान्वयनबमोजिम कार्यक्रम सञ्चालन गरिएको निरीक्षक टुकबहादुर रोकाले जानकारी दिए ।
News Desk 0 response सोमवार, बैशाख २२, २०७७

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३
-
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३



