

-
दाङ । दाङमा यही वैशाख १२ गते देखि कोरोना भाइरस संक्रमण पत्ता लगाउन स्वाब परीक्षण शुरु भए पनि गति लिन सकेको छैन । अहिलेसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २३ जनाको मात्रै स्वाब परीक्षण भएको छ ।
पिसिआर विधिबाट जाँच गरिएका २३ जनामध्ये प्रतिष्ठानकै आइसोलेशनमा बसेका र जिल्ला बाहिरबाट आएकाको मात्रै स्वाब परीक्षण भएको प्रतिष्ठानले जनाएको छ । बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालले भने स्वाब परीक्षण गर्न जिल्ला बाहिर पठाउने गरेको छ । विशेष अस्पतालमा रहेका सात जनाको स्वाब परीक्षणका लागि गत बिहीबार नेपालगञ्जको प्रयोगशालामा पठाइएको थियो ।
प्रतिष्ठानमा ढिला हुने देखेर स्वाब परीक्षणका लागि नेपालगञ्ज पठाइएको बेलझुण्डी अस्पतालका सदस्य सचिव डाक्टर सर्वेश शर्माले जानकारी दिए । “हामीले त जहाँ छिटो हुन्छ त्यहीँ जाँच गर्ने हो, नेपालगञ्ज छिटो हुने देखेर पछिल्लो पटक सात जनाको स्वाब नेपालगञ्जमा परीक्षण गरिएको हो”, शर्माले भने ।
राप्ती प्रतिष्ठानमा भर्खरै जाँच शुरु भएकाले पनि छिटो रिपोर्टको लागि नेपालगञ्ज पठाइएको उनले बताए । प्रतिष्ठानमा धेरैको स्वाब पठाउँदा ढिला हुन सक्छ भनेर नै बाहिर पठाइएको जनाइएको छ ।
प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाश देवले एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिने भए पनि दिनमा एकदुई जनाको मात्रै परीक्षण भइरहेको जानकारी दिए । किटको अभाव भए पनि धेरै स्वाब परीक्षणका लागि नआएका कारण थोरैको मात्र भइरहेको उनले बताए । प्रतिष्ठानमा अहिले जिल्ला बाहिर रोल्पा र कपिलवस्तुबाट पनि स्वाब परीक्षणका लागि ल्याइने गरेको बताइएको छ ।
News Desk 0 response आइतवार, बैशाख २१, २०७७

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३
-
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३



