

-
चितवन । लकडाउनसँगै बन्द भएका सौराहाका होटल दशैँअघि नखुल्ने भएका छन् । पारिवारिक तवरबाट चलेका साना होटल खुले पनि व्यावसायिक होटलहरु दशैँमा मात्र खोल्ने तयारी गरिएको छ ।
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटल खुले पनि पर्यटक नआउने भएकाले थप व्ययभार नहोस् भन्नका लागि होटल बन्द गर्ने विषयमा व्यवसायीहरु सहमत भएका छन् । उनले भने, “लकडाउनपछि तत्काल विदेशी पर्यटक आउने कुरा भएन, स्वदेशी पनि खासै आउँदैनन् ।” होटल खुलेपछि दैनिक सञ्चालन खर्च धेरै हुने तर पर्यटक नआउने भएकाले तत्काल होटल सञ्चालन नगरिने उनले जानकारी दिए ।
सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेका अनुसार जेठको पहिलो साताबाट भदौ अन्तिमसम्मको समय अरु बेलामा पनि पर्यटक नआउने समय हो । त्यसपछिको समयमा हिमाल चढ्नका लागि विदेशी पर्यटक आउने भए पनि यस वर्ष त्यो सम्भावना न्यून रहेको घिमिरेले बताए । उनका अनुसार दशैँताका आन्तरिक पर्यटक आउने भएकाले सोही समयमा होटल खोल्ने तयारी गरिएको छ ।
दुई÷चार पाहुनाका लागि होटल खोल्दा सञ्चालन खर्च बढी हुने भएकाले त्यो सम्भावना नरहेको घिमिरे बताउँछन् । होटल व्यवसायीले चैत महिनासम्मको तलब दिएर कर्मचारीलाई बिदा दिएका छन् । अब के गर्ने भन्ने विषयमा केन्द्रीय हानको निर्णयको पर्खाइमा रहेको अध्यक्ष भट्टराईले जानकारी दिए ।
चितवन र नवलपरासीमा १५० पर्यटकीय होटल छन् । ती होटलमा पाँच हजार ५०० भन्दा बढी कर्मचारी कार्यरत छन् । भट्टराईका अनुसार ती होटलमा १९ अर्ब ५० करोडभन्दा बढी बैंकिङ ऋण रहेको छ । होटल खुलेको कम्तीमा एक वर्ष ऋणको किस्ता र ब्याज बुझाउन नसकिने भन्दै उनले पुनःकर्जा दिएर व्यवसाय सञ्चालन गर्न सहयोग गर्नुपर्ने बताए । भट्टराईले कृषिसरह ब्याजमा सहुलियत दिनुपर्ने माग अघि सारेको जानकारी दिए ।
यता मेघौलीको साराङ वाइल्ड लाइफ सेन्चुरीका सञ्चालक सुवोध प्रधानले भने लकडाउन खुलेपछि होटल सञ्चालनमा ल्याउने तयारी गरिएको बताए । थोरै कर्मचारीबाट सेवासुविधा दिने गरी होटल खोल्ने तयारी आफूले गरेको उनले बताए । लकडाउनले घरमा बस्दा वाक्क भएका आन्तरिक पर्यटक आउने उनको अनुमान छ । यहाँ चितवन राष्ट्रिय निकुञ्जभित्रका दुर्लभ वन्यजन्तु, थारू संस्कृति, डुङ्गा शयरका लागि स्वदेशी र विदेशी पर्यटक आउने गर्दछन् ।
News Desk 0 response आइतवार, बैशाख २१, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३



