

-
मेलम्ची । तातोपानी नाकाबाट कोरोना भाइरस प्रतिरोधी स्वास्थ सामग्री र खाद्यान्नभन्दा पनि अनावश्यक सामान आयात हुन थालेको भन्दै भोटेकोशी गाउँपालिकाका जनप्रतिनिधिले तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । तातोपानी भन्सारका कर्मचारी र व्यापारीको मिलेमतोमा स्याउ, लसुनजस्ता सामान तातोपानीमा आएको उनीहरुको भनाइ छ ।
भोटेकोशी गाउँपालिका–१ का वडाध्यक्ष मुके शेर्पाका अनुसार सो नाकाबाट स्वास्थ सामग्री र अतिआवश्यक खाद्यान्न मात्रै ल्याउन चीन तथा नेपालका प्रशासनिक र सुरक्षाकर्मीको बैठकले निर्णय गरेको थियो । केही दिनदेखि अतिआवश्यकभित्र नपर्ने स्याउ र लसुन ल्याएको भन्दै गाउँपालिकाका वडाध्यक्षहरुले तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । लकडाउनका बेला अनावश्यक वस्तु स्याउ, लसुनजस्ता सामान आयात हुन थालेपछि सीमावर्ती गाउँपालिकाका जनप्रतिनिधि आन्दोलनमा उत्रिएका हुन् ।
स्याउ र लसुन ल्याएको भन्दै गाउँपालिका–१ का अध्यक्ष शेर्पा, २ का अध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठ, ३ का अध्यक्ष कैलाश पौडेल र ४ का अध्यक्ष साङदोर्जे शेर्पाले वैशाख १९ गते ज्ञापनपत्र बुझाएका हुन् । भन्सार प्रमुखले ज्ञापनपत्र लिन नमानेपछि वडाध्यक्षहरुले भन्सार कार्यालयमा सुरक्षा दिइरहेका प्रहरीमार्फत भन्सार कार्यालयलाई ज्ञापनपत्र बुझाएका थिए ।
गाउँपालिका–२ का अध्यश्र श्रेष्ठले कोरोना भाइरसका कारण लकडाउन भएको बेला नाकाबाट स्वास्थ सामग्री र अतिआवश्यक खाद्यवस्तु (चामल, दाल, तेल, नुन) मात्रै ल्याइनुपर्ने हो तर केही दिनअघि भन्सारका कर्मचारी, केही व्यापारी, प्रशासन, सुरक्षाकर्मीको मिलेमतोमा स्याउ र लसुन ल्याइएको प्रति आक्रोश व्यक्त गरेका छन् ।
नेपाल भित्रिएका स्याउ र लसुन राजधानी लैजान नदिने र केही गरी सो वस्तु काठमाडौँ लैजाने प्रयास गरिए वडाध्यक्ष र स्थानीयवासीले प्रतिकार गर्ने वडाध्यक्षहरुले चेतावनी दिएका छन् । तत्कालका लागि कारोना भाइरस प्रतिरोधी सामग्रीबाहेकका सामान नल्याउन पनि वडाध्यक्षहरुले भन्सार कार्यालयलाई आग्रह गरेका छन् ।
लकडाउनमा स्वास्थ सामग्री र खाद्यान्नबाहेक स्याउ, लसुनलगायतका वस्तु ल्याइएको खण्डमा वडावासी र गाउँपालिकावासी सशक्त प्रतिकार गरेर सो सामान सबैको रोहवरमा नष्ट गर्ने वडाध्यक्षहरुले बताएका छन् । गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले व्यापारी र भन्सारका कर्मचारीको मिलेमतोमा सामान आएको जानकारी दिए ।
News Desk 0 response आइतवार, बैशाख २१, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३



