

-
वासिङ्टन । संयुक्तराज्य अमेरिकाको वासिङ्टनस्थित क्युबाली राजदूतावासमा बिहीबार राति एक व्यक्तिले गोली प्रहार गरेका छन् । अमेरिकी अधिकारीहरुले उक्त गोली प्रहारबाट दूतावासमा सामान्य क्षति भएको तर कुनै पनि व्यक्तिलाई चोटपटक नलागेको बताएका छन् ।
प्रहरीले गोली प्रहार गरेको आशंकामा टेक्सास राज्यको अब्रेका ४२ वर्षीय अलेक्जान्डर अलाजोलाई पक्राउ गरेको छ ।
वासिङ्टन महानगरीय प्रहरीका प्रवक्ता ह्युज क्यारिउले एक वक्तव्य जारी गर्दै प्रहरीले तत्कालै उक्त शंकास्पद व्यक्तिलाई गिरफ्तार गर्नुका साथै उनको साथबाट एक थान बन्दुक समेत बरामद गरिएको बताए ।
उक्त गोली प्रहारको मनशाय भने अझै खुल्न बाँकी रहेको छ ।
स्थानीय संचार माध्यमहरुले ती व्यक्तिले दूतावासभित्र करिब ३० राउन्ड गोली प्रहार गरेका थिए । वासिङ्टनस्थित अडाम्स मोर्गनमा रहेको दूतावासको आसपास बार र रेष्टुराँहरु ठूलो संख्यामा रहेका र त्यहाँ मानिसको भिडभाड हुने गर्दछ । तर आजभोलि लकडाउनका कारण यो क्षेत्र सामान्यतया शान्त रहने गरेको छ ।
राजदूतावासले सार्वजनिक गरेका तस्वीरहरुमा गोलीले भवनका बाहिरी भित्ता, झ्यालमा प्वाल परेको देखिएको छ । क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले क्युवाको हवानास्थित अमेरिकी कार्यवाहक राजदूत मारा टेकाजलाई विदेश मन्त्रालयमा आमन्त्रण गरेर क्युबाका तर्फबाट गोलीकाण्डको कडा शब्दमा भत्र्सना गरेका छन् ।
कार्यबाहक राजदूत टेकाजले सार्वजनिक गर्नु भएको विज्ञप्तिमा वासिङ्टनस्थित क्युबाली दूतावासमा भएको घटनाप्रति कडा शब्दमा निन्दा गरेका हुन् ।
सन् २०१७ को अक्टोबरमा ट्रम्प प्रशासनले क्युबाली राजदूतावासमा कार्यरत अमेरिकी कर्मचारीहरुमा सामूहिक गम्भीर स्वास्थ्य समस्या देखिएपछि अमेरिकामा रहेका १५ जना क्युबाली कुटनीतिज्ञहरुलाई देश निकाला गरेको थियो ।
ओबामा प्रशासनले क्युबाप्रति अमेरिकी नीतिमा परिवर्तन गर्न थाले पनि ट्रम्प प्रशासनले क्युबामाथि व्यापार र यात्रामा कडा प्रतिबन्धहरु पुनः लगाएको छ । एएफपी
News Desk 0 response शुक्रबार, बैशाख १९, २०७७


सम्बन्धित शीर्षकहरु

पाकिस्तानले तीन घण्टा नबित्दै युद्धविराम सम्झौताको उल्लङ्घन गरेको भारतीय आरोप
आइतवार, बैशाख २८, २०८२-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२