

-
टोकियो । जापानका प्रधानमन्त्री शिन्जो आबेले कोरोनाभाइरसका कारण जारी गरिएको आपतकाललाई अरु एक महिना थप गर्न लागेको स्थानीय संचार माध्यमहरुले बताएका छन् ।
कोरोनाभाइरसको संक्रमण देखिएपछि गत अप्रिल ७ मा देशका सातवटा क्षेत्रमा आपतकाल घोषणा गरिएको थियो । तर कोरोनाको संक्रमण फैलिएसँगै आपतकाललाई देशव्यापी बनाइएको थियो ।
प्रधानमन्त्री आबेले आपतकाललाई आगामी मे महिनाभर वा अर्को जुन महिनाको ६ तारिखसम्म थप गर्न सक्ने स्थानीय संचार माध्यमहरुले जनाएका छन् । बिहीरबा संसदमा बोल्दै प्रधानमन्त्री आबेले मुलुकको स्वास्थ्य सेवाले कठिन परिस्थितिको सामना गर्नु परिरहेको बताएका थिए ।
बुधबार पनि सांसदहरुसँगको छलफलमा प्रधानमन्त्री आबेले मानिसहरुमा नयाँ संक्रमण देखिएको बताउँदै भने, “के हामी मे ६ भित्रै आपतकाल हटाउन सक्छौं ? मेरो विचारमा अझ गम्भीर परिस्थिति आउने देखिँदैछ ।”
निक्की अखबार समेतका स्थानीय संचार माध्यमहरुले कोरोनाभाइरस र आपतकालका बारेमा शुक्रबार विज्ञहरुसँग सरकारले छलफल गर्न लागेको बताएका छन् । विज्ञहरुले भने आपतकालको घोषणालाई यथावत राख्न सुझाव दिँदै आएका छन् ।
आपतकालको घोषणा कहिले गरिन्छ भन्नेमा अझै स्पष्ट भइसकेको छैन । तर प्रधानमन्त्री आबेले निर्धारित मितिभन्दा अगाबै आपतकालको घोषणा गरी द्विविधा अन्त्य गरिने बताए । उनले व्यवसाय, विद्यालय र संस्थाहरु खोल्न उपयुक्त समय आवश्यक हुने पनि बताए ।
जापानमा आपतकाल घोषणा गरिए पनि उल्लंघन गर्नेमाथि सजायको व्यवस्था नगरिएका कारण युरोप वा अन्यत्रको जस्तो आपतकालीन व्यवस्था लागू भएको छैन । गभर्नरहरुलाई व्यवसाय वा स्कुल बन्द गर्न तथा मानिसलाई घरभित्रै बस्न आग्रह गर्न सक्छन् तर त्यसको उल्लंघन गर्नेमाथि कारबाही गरिन्न ।
क्षेत्रीय गभर्नरहरुले आपतकाललाई बढाउन यसअघि नै आवाज उठाएका छन् । अप्रिलमा शुरु हुने विद्यालयको नयाँ सत्रलाई सेप्टेम्बरमा सार्न सुझाव पनि गभर्नरहरुले दिएका छन् । जापानमा गत मार्चदेखि नै विद्यालयहरु बन्द छन् ।
जापानमा संयुक्तराज्य अमेरिका र युरोपको जस्तै कोरोना संक्रमण छैन । जापानमा करिब १४ हजारमा कोरोना संक्रमण देखिएको छ भने ४१५ जनाको मृत्यु भएको छ ।
तर जापानमा कम परीक्षण गरिएको भन्दै आलोचना हुने गरेको छ । कोरोनाभाइरसको संक्रमणको वास्तविक वृद्धिदर अस्पष्ट रहेको उनीहरुको भनाई छ । एएफपी
News Desk 0 response बिहिबार, बैशाख १८, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



