

-
तानसेन । पाल्पाको माथागढी क्षेत्रमा उत्पादित काफल यति बेला तानसेनको बजारमा भरिएको छ । माथागढी –३ कसेनी सिकारकोटको जंगलबाट स्थानीयवासीले सामूहिक रुपमा टिपेर जम्मा गरेको काफल बजारसम्म बिक्रीको प्रबन्ध भने माथागढी बहुउद्देश्यीय सहकारी संस्थाले मिलाएको छ ।
जंगलमा फलेको काफल टिपेर बजारमा बिक्री गर्ने र चामल किन्नुपर्ने स्थानीवासीको बाध्यतालाई बुझेर सहकारीले काफल बिक्रीका लागि बजारसम्म पुर्याइदिएकामा निकै खुशी लागेको स्थानीयवासी तुलबहादुर घर्ती मगरले बताए । उनले भने,“बजारसम्म आफैंँ बोकेर बिक्री गरी फर्कँदा चामल किनेर ल्याउने गथ्र्यौँ, अहिले सहकारीले बिक्र गरिदियो ।”
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका समयमै काफल टिप्न नपाएर बोटबाटै झरेर सकिन्छ कि भन्ने स्थानीवासीलाई चिन्ता थियो । “काफल बेचेरै जीविकोपार्जनका लागि अन्नको जोहो गर्ने कृषक चिन्तामा थिए, हामीले बजारसम्म लगेर बिकी्र गरिदियौँ”, सहकारी संस्थाका अध्यक्ष राजकुमार पन्थीले बताए । सहकारीले कृषि ज्ञानकेन्द्र पाल्पासँगको समन्वयमा तानसेन लगेर बिक्री गरेको हो ।
गाउँपालिकाका झडेवा, ज्यामिरे, बक्सादी, कसेनी, सिकारकोटलगायत स्थानमा पर्याप्त काफल पाइन्छ । श्रम गरेर जीविकोपार्जन गर्नेहरु लकडाउनका बेला समस्यामा परेका बेला सहकारीले यसको व्यवस्थापन मिलाएको हो । प्रतिमाना एक सयका दरले काफल तथा सिप्लिकान,, कर्कलो, भुटुक, कोइरालो, काँक्रो, गोलभेंडा, धनियाँलगायत तरकारी करीब एक लाख ५० हजार बराबरको बिक्री गरिएको सहकारीले जनाएको छ ।
यसअघि पाल्पाका विभिन्न स्थानसँगै छिमेकी जिल्ला रुपन्देहीसम्म काफल बिक्रीका लागि लैजानुपर्नेमा यस पटक सो बाध्यता हटेको छ । यसअघि लकडाउनका कारण प्राङ्गारिक तरकारी उपयोग गर्न नपाएका पाल्पाका उपभोक्ता गाउँमै उत्पादित तरकारी तथा काफल घरघरमै आइपुग्दा दङ्ग छन् । रासस
News Desk 0 response बिहिबार, बैशाख १८, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



