

-
बेरुत । द्वन्द्वग्रस्त सिरियाको उत्तरी क्षेत्रको एक बजारमा इन्धन बोक्ने ट्रकमा बिस्फोटक पदार्थ राखेर बिस्फोट गराउँदा कम्तीमा ४६ जनाको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।
टर्की समर्थित लडाकूहरुको नियन्त्रणमा रहेको अफ्रिन नामको शहरमा उक्त बिस्फोट गराइएको हो । अमेरिकी विदेश मन्त्रालयले पनि रमादानका लागि सामान खरिद गर्न बजारमा मानिसहरु भेला भएको अवस्थामा बिस्फोट गराइएको जनाएको छ ।
सिरियाली नागरिक प्रतिरक्षा समूहका उद्धारकर्मीहरुले जारी गरेका तस्वीरमा उद्धारकर्मीहरु आगोका ज्वाला निभाउन तथा ध्वस्त भएका भवनहरुबाट विभत्स शवहरु निकाल्न सक्रिय रहेको देखिएको छ ।
बेलायतमा मुख्यालय रहेको अब्जरभेटरीका प्रमुख रामी अब्दुल रहमानले उक्त आक्रमणबाट कम्तीमा ४६ जनाको मृत्यु भएको र ५० जना घाइते भएको बताए । उनले मृतकको संख्या अझै बढ्न सक्ने जानकारी दिए ।
उनले आक्रमणबाट कम्तीमा छ जना टर्की समर्थित सिरियाली लडाकाको पनि मृत्यु भएको बताउनुभयो । अब्जरभेटरीले आक्रमणबाट ११ जना बालबालिकाको मृत्यु भएको जनाएको छ ।
बिस्फोट कसले गराएको हो भन्ने स्पष्ट भइसकेको छैन । मार्च २०१८ मा कुर्द फौजबाट उक्त क्षेत्रलाई टर्कीका सैनिक र उनीहरुका समर्थक लडाकूले मुक्त गरेयता यो सबैभन्दा भिषण हमला हो ।
टर्कीको रक्षा मन्त्रालयले उक्त आक्रमणमा कुर्दिस पिपुल्स प्रोटेक्सन युनिट ९वाइपिजी० को संलग्नता रहेको दाबी गरेको छ । यो समूह प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टीको समर्थक लडाकू समूह हो ।
सिरियाली द्वन्द्वका कारण सन् २०११ यता तीन लाख ८० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । द्वन्द्वबाट जोगिन सिरियाका आधाभन्दा बढी मानिस अन्यत्र पलायन भएका छन् । एएफपी
News Desk 0 response बुधबार, बैशाख १७, २०७७

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


