

-
स्याङ्जा । फेदीखोला गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन लम्बिँदै गएपछि चिन्तित बनेका किसान हर्षित भएका छन् ।
फेदीखोला गाउँपालिकाले बन्दका कारण किसानले उत्पादन गरेका तरकारीका साथै कृषिजन्य वस्तु किसानको घरघरमै पुगेर खरिद गर्ने व्यवस्था मिलाएपछि उनीहरु खुसी भएका हुन् । गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले लकडाउनका कारण किसानले उत्पादन गरेका तरकारीलगायतका खाद्यवस्तु बारीमै कुहिएर खेर जाने र बजारमा खाद्यवस्तुको अभाव हुने भएकाले किसानको घरघरमै पुगेर किसानले उत्पादन गरेका तरकारी फलफूललगायतका वस्तु गाउँपालिकाले खरिद गर्ने व्यवस्था मिलाएको बताए ।
वडा नं २ स्थित मुख्यमन्त्री नमूना कृषिगाउँ तल्लो कुडुलेका अध्यक्ष विष्णु सुवेदीले लकडाउनका कारण खेतबारीमै कुहिएर जान लागेको आफूहरुको तरकारी घरमै आएर पहिलेभन्दा बढी मूल्य दिएर खरिद गरेकामा खुशी लागेको बताए । गाउँपालिकाले जतिसक्दो उत्पादन गर्नुस् खरिद गर्ने जिम्मा पालिकाको भयो भनेर भनेकाले थप उत्साह बढेको उनले बताए । अर्का किसान फेदीखोला–४ का छाँयादत्त पौडेलले पनि गाउँपालिकाले किसानका लागि निकै राम्रो काम गरेको बताए ।
पशुपालन व्यवसाय गर्दै आएका पौडेलले आफूले उत्पादन गरेको पनिर गाउँपालिकाले घरमै आएर खरिद गरेर लैजाने गरेको बताए । गाउँपालिकाले यसभन्दा पहिले कृषिमा पालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले किसानले उत्पादन गरेका वस्तुलाई १० प्रतिशत अनुदान दिँदै आएको थियो । लकडाउनको शुरु भएसँगै किसानको घरघरमा पुगेर उत्पादित वस्तु खरिद गर्न थालेपछि किसान थप हर्षित भएका छन् । किसानले उत्पादन गरेका वस्तु ढुवानीका लागि गाउँपालिकाले दुई सवारी साधनको व्यवस्था गरिएको र किसानको घरघरबाट ल्याएका वस्तु बजारमा ल्याएर उपभोक्तालाई उपलब्ध गराउने गरेको गाउँपालिकाले जनाएको छ ।
News Desk 0 response बुधबार, बैशाख १७, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



