

-
काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरले कोभिड–१९ को अवधिमा नियमित सेवा सञ्चालन गरेको छ । सेन्टरले लकडाउनको समयमा सेन्टरमा आउने घाइते र चोटपटकका बिरामीलाई बहिरङ्ग तथा आकस्मिक सेवा प्रदान गरेको छ ।
ती बिरामीलाई कोभिड–१९ पोलिमरेज चेन रियाक्सन (पिसीआर) र र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) दुवै विधिबाट परीक्षण गरी उपचार गरिहेको सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेट डा सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार अहिलेसम्म एक हजार २१० बिरामीको उपचार गरिएको छ । जसमध्ये एक हजार १४ अत्यावश्यक (इमर्जेन्सी सेवा) र २७५ जनालाई बहिरङ्ग सेवा प्रदान गरिएको छ । सेन्टरले १९२ जनाको साना शल्यक्रिया र १३० जनाको ठूलो शल्यक्रिया गरेको छ ।
मेडिकल सुपरिटेन्डेन्ट डा पौडेलले लकडाउन भए पनि ७० प्रतिशत बिरामी उपचार गर्न सेन्टरमा आएको बताए । अन्य अस्पतालले चोटपटक र घाइते बिरामीलाई उपचार नगर्ने भएपछि सबै बिरामी सेन्टरमा आउने गरेको उनले बताए । उनका अनुसार सडक दुर्घटना नभए पनि अन्य कारणले घाइते भएका बिरामी आउने गरेको छन् ।
“अहिले अरु अस्पतालले चोटपटक र घाइतेका बिरामी नहेरेको अवस्थामा हामीले उपचार गरिरहेका छौँ”, उनले भने, “हामीले अस्पतालबाट रिफारिस भएका बिरामीको सेवा निरन्तर दिइरहेका छौँ ।” लकडाउनभन्दा अगाडि सेन्टरमा दैनिक ३५० बिरामीलाई बहिरङ्ग सेवा, ६० जनालाई इमर्जेन्सी सेवा र १५–२० जनाको शल्यक्रिया गर्ने गरेको थियो ।
उनले घाइते र चोटपटकका बिरामीलाई बहिरङ्ग सेवा दिनुअघि ज्वरो नाप्ने तथा कोभिड–१९ को आशङ्का लागेमा परीक्षणसमेत गरिने उनले जानकारी दिए । “उपचारका लागि सबै बिरामीको ज्वरो र कोभित–१९ आशङ्का लागेका बेला पिसीआर परीक्षण गरिरहेका छौँ”, उनले भने, “उपचारका लागि आएका बिरामीलाई फिर्ता नगरी उपचार गरेका छौँ ।”
सेन्टरमा आएकामध्ये कोभिड–१९ को आशङ्का लागेका सात जनाको पिसीआर विधिबाट परीक्षण गर्दा सङ्क्रमण नदेखिएको सुपरिटेन्डेन्ट डा पौडेलले जानकारी दिए । सेन्टरले उपचार गर्नका आएका बिरामीलाई अवस्था हेरी शल्यक्रियासमेत गरेको छ । इलेक्टिभ (विस्तार गरिने शल्यक्रिया), अर्जेन्ट र इमर्जेन्सी तीन समूहमा विभाजन गरी शल्यक्रिया गरिएको उनले बताए । सेन्टरले अर्जेन्ट र इमर्जेन्सीका बिरामीलाई तत्काल शल्यक्रिया र इलेक्टिभ शल्यक्रियालाई पनि प्राथमिकताका आधारमा शल्यक्रिया गरिएको छ ।
News Desk 0 response मङ्लबार, बैशाख १६, २०७७

सम्बन्धित शीर्षकहरु
-
चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ
बुधबार, असार ३१, २०८३ -
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त..
बुधबार, असार ३१, २०८३ -
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३
-
चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ
बुधबार, असार ३१, २०८३ -
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त..
बुधबार, असार ३१, २०८३ -
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गाउँपालिका अध्यक्षविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
सोमवार, असार २२, २०८३



