

-
दमक । कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी जारी रहदा एक महिनाको अवधिमा झापामा करिब दुई करोडबराबरको च्याउ नोक्सान भएको छ ।
च्याउ उत्पादक किसान सङ्घका जिल्ला संयोजक ज्ञानेन्द्रप्रसाद गौतमलले किसानले बजारसम्म आफ्ना उत्पादन पुर्याउन नसक्दा सो मूल्य बराबारको क्षति पुगेको जानकारी दिए । जिल्लाको माइपूर्व र माइपश्चिम क्षेत्रमा १०० भन्दा बढी किसानले व्यावसायिक रुपमा च्याउ खेती गर्दै आएका छन् ।
माइपश्चिमका गौरादह–९ स्थित नमूना च्याउ उद्योगको करिब पाँच लाख, सीता च्याउ उद्योगको ६ लाख, कुलश च्याउ उद्योगको पाँच लाख, ढुङ्गाना च्याउ उद्योगको १० लाख र कल्याण तथा कृतिसा च्याउ उद्योगको पाँच लाखबराबरको च्याउ घाटा व्यहोर्नुपरेको सङ्घले जनाएको छ ।
यस्तै कमल गाउँपालिकाका विभिन्न च्याउ किसानका करिब ३० लाख, शिवसताक्षीका किसानको करिब ३० लाख र दमक नगरपालिकाका च्याउ किसानका करिब ४० लाखको च्याउ नोक्सान भएको छ ।
यहाँका किसानले उत्पादन गरेका च्याउ बन्दाबन्दीले गर्दा जिल्ला बाहिरका ठूला बजारसम्म पुर्याउन सकेका छैनन् । हाटबजार, पसल तथा यातायातका सवारी साधन बन्द हुँदा दैनिक उत्पादन हुने ठूलो परिणामको च्याउमा ठलो घाटा व्यहोर्नु परेको संयोजक गौतम बताउँछन् । बन्दबन्दीबाट प्रभावित जिल्लाका च्याउ किसानले बन्दाबन्दी लम्बिँदै गएपछि उद्योग धरासायी बन्ने अवस्थामा पुगेको किसानको गुनासो छ ।
News Desk 0 response मङ्लबार, बैशाख १६, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



