

-
नयाँ दिल्ली । भारतमा कोरोना संक्रमितको संख्या २९ हजार ४३५ भएको मङ्गलबार जनाइएको छ । गएको २४ घन्टायता भारतमा एक हजार ५४३ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।
मङगलबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या २९ हजार ४३५ जना पुगेको यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको हो ।
उक्त मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ६२ जना रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ९३४ पुगेको छ ।
भारतमा देखिएका यी संक्रमितहरूमध्ये ६ हजार ८६८ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ २१ हजार ६३२ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।
शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मङ्गलबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ ।
महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ८ हजार ५९० जना पुगेको उक्त मन्त्रालय बताएको छ । यसैबीच महाराष्ट्रमा ३६९ जनाको निधन भएको छ । संक्रमित मध्ये १ हजार २८२ जना भने निको भएका छन् ।
महाराष्ट्रपछि गुजरात यस भाइरसको संक्रमण दोस्रो स्थानमा रहेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज दिएको जानकारीअनुसार गुजरातमा ३ हजार ५४८ सक्रमित रहेका छन् । संक्रमित मध्ये २९४ जना निको भएका छन् भने १६२ जनाको भने मृत्यु भएको छ ।
दिल्लीमा ३ हजार १०८ मा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित मध्ये ५४ को ज्यान गएको छ । यसैबीच ८७७ जना उपचारपछि घर फर्किएका समाचारमा जनाइएको छ । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
भारतको राजस्थान, ममध्यप्रदेश, तमिलनाडू, उत्तरप्रदेश, केरला राज्यमा उच्च संक्रमित रहेका र कैयौको ज्यान गएको छ ।
भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरसको संक्रमण रोक्नको लागि लकडाउनलाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गरेको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गरेका थिए । एएनआई
News Desk 0 response मङ्लबार, बैशाख १६, २०७७


सम्बन्धित शीर्षकहरु

गाजामा १५ जना डाक्टर र कर्मचारी मारिएको घटनामा इजरायको सेनाले स्वीकार्यो आफ्नो गल्ती
सोमवार, बैशाख ८, २०८२-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
भारतको एक्सन : जम्मू–कश्मीरमा भएको आक्रमणपछि पाकिस्तानी..
बिहिबार, बैशाख ११, २०८२
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
आज १९ औं लोकतन्त्र दिवस : नागरिकमा..
बिहिबार, बैशाख ११, २०८२
-
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
अस्थायी र करार कर्मचारी पनि सामाजिक सुरक्षा..
मङ्लबार, बैशाख २, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२