

-
काठमाडौँ । भौगोलिक स्वरुप तथा मौसमी विविधताले नेपालको हवाई उड्डयनमा चुनौती रहे पनि यो सेवा आम सर्वसाधारणको रोजाइमा पर्छ । महँगो भाडा तिरेर भए पनि सुलभ र सहज ढङ्गले गन्तव्यमा पुग्ने जो कोहीको चाहनालाई हवाईजहाजको यात्राले सजिलै पूरा गरिदिन्छ ।
कुनै पनि विपद्को अवस्थामा होस् वा अन्य अत्यावश्यक कामका लागि पनि हवाईजहाजको प्रयोगको विकल्प हुँदैन । यतिबेला कोभिड–१९ को विश्वव्यापी रुपमा फैलिएको छ । नेपालमा पनि यसको असर देखिएको छ । कोरोनाको सङ्क्रमण फैलन नदिन सरकारले गत चैत ११ देखि देशभर लकडाउन गरेको छ । लकडाउन पछिल्लो पटक वैशाख २५ सम्म निरन्तरता दिने निर्णय गरिएको छ ।
त्यस्तै जेठ २ गतेसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्द गरिएको छ । लकडाउनको अवधिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मानवीय उद्धार तथा कार्गो उडान भइरहेको छ । यसरी विपद्को सारथी बनिरहेका हवाई क्षेत्रको सेवालाई विभिन्न मापदण्ड बनाएर परिस्कृत गर्ने प्रयास थालिएको छ । यसै सन्दर्भमा नेपालको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले सुरक्षा निर्देशिका बनाएको छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुरुप जहाजका लागि निर्देशिका बनाइएको कम्पनीले उल्लेख गरेको छ ।
बुद्धले आफ्ना आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गन्तव्यका लागि सुरक्षा निर्देशिका बनाएको हो । उक्त सुरक्षा निर्देशिका अनुसार कोभिड–१९ को सङ्क्रमण फैलन नदिनका लागि अब जहाजभित्र शौचालय प्रयोग गर्न नपाइने भएको छ । खासगरी सामूहिक प्रयोगका वस्तु प्रयोग रोक्ने उद्देश्यले शौचालय प्रयोगमा रोक लगाइएको हो । हवाई यात्रुका लागि तोकिएको यो सुरक्षा निर्देशिका विश्व स्वास्थ्य सङ्गठनले महामारीको जोखिम नहटाएसम्म लागू हुने कम्पनीले जनाएको छ ।
बुद्धले यात्रुको सुरक्षालाई ध्यानमा राखी स्वासप्रस्वाससम्बन्धी बिरामी तथा रुघाखोकी, जीउ दुख्ने, सिँगान बग्नेजस्ता कोरोनासँग सम्बन्धित लक्षण देखिएका सबै बिरामीलाई जहाजमा चढ्न निषेध गरिने जनाएको छ । त्यसका लागि आफ्ना काउन्टरमा विशेष व्यवस्था मिलाइनेछ ।
कम्पनीले आगामी हवाई उडानमा क्याटरिङ सेवा बन्द गर्नेछ । एक वा दुईजना एयर होस्टेसले धेरैजना यात्रुलाई क्याटरिङ बाँड्दा त्यसले सङ्क्रमण फैलन सक्ने भएकाले यस्तो व्यवस्था गरिने भएको हो । उडानका क्रममा उपयोग हुने र्याम्पबसमा सीमित मात्रमा यात्रु चढाइनाका साथै जहाजमा चढ्नुपूर्व सबै यात्रुले स्यानिटाइजर प्रयोग गर्नुपर्नेछ । त्यसैगरी जहाजमा घरपालुवा जनावर लैजान दिइनेछैन । विमानस्थलमा यात्रुले सामाजिक दूरी कायम गर्नुपर्नेछ ।
यात्रुलाई जहाजमा चढाउनु अगाडि कम्पनीले आफ्ना सबै कार्यालय र उपकरण, सवारी साधन र हवाईजहाजसमेत स्यानिटाइज गर्ने जनाएको छ । बुद्ध एयरका कार्यालय र सबै कर्मचारीले समेत सुरक्षा निर्देशिकाको कडा पालना गर्नुपर्ने व्यवस्था गरिएको छ । कार्यालयभित्र सहकर्मीका कुनै पनि सामग्री प्रयोग गर्न पाइने छैन । कर्मचारीले खाजा सकभर घरमै बनाएर ल्याउन वा कार्यालयको क्यान्टिनमा मात्र खानु पर्नेछ ।
मास्कलगायत स्वास्थ्य सुरक्षासम्बन्धी आवश्यक सामग्री कम्पनीले हरेक कर्मचारीलाई उपलब्ध गराइनेछ । कर्मचारीलाई भीडभाड हुने क्षेत्र, सिनेमा हल, रेस्टुरेन्टलगायत क्षेत्रमा जान रोक लगाइएको कम्पनीले बताएको छ ।
News Desk 0 response सोमवार, बैशाख १५, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



