

-
बेइजिङ । सांघाई र बेइजिङका विद्यालयहरु सोमबारदेखि खुलेका छन् । सोमबार यी शहरका दशौँ हजार विद्यार्थी विद्यालय गएका छन् ।
महिनौँको बन्दपछि आज पहिलो पटक बेइजिङ र सांघाइका विद्यालयहरु खुलेको समाचारमा जनाइएको छ ।कोरोना भाइरसको महामारीका कारण यी शहरका विद्यालयहरु पनि बन्द गरिएको थियो । बेइजिङ र सांघाइसँगै चीनका प्रमुख शहरका विद्यालयहरु बन्द गरिएको थियो ।
चीनमा कोरोना भाइरसको उत्पत्ति भएपछि त्यहाँ लामो समयसम्म लकडाउन गरिएको थियो । यही लकडाउनका कारण यहाँका अरु कार्यालहरुका साथै विद्यालय तथा विश्वविद्यालयहरु पनि बन्द गरिएको थियो ।
तर अहिले पनि त्यहाँ यसको संक्रमणको उच्च सतर्कता अपनाइएको छ । यही उच्च सतर्कताका साथ चीनमा व्यावसाय तथा कार्यालयहरु विस्तारै खुला गर्न थालिएको छ ।
यसैअनुसार आज सोमबारदेखि चीनका प्रमुख यी दुई शहर बेइजिङ र सांघाइमा पनि विद्यालय खुला गरिएको समाचारमा जनाइएको छ ।
लामो समयपछि खुला भएर विद्यालय जान पाएकोमा यी शहरका बालबालिका निकै खुशी देखिएका त्यहाँबाट प्राप्त समाचारमा जनाइएको छ ।
चीनको वुहान शहरमा गत डिसेम्बरको अन्तिम हप्तादेखि देखा परेको कोरोना भाइरसको प्रकोपले सबैभन्दा पहिला चीनलाई बढी प्रभाव पारेको थियो ।यस संक्रमणबाट चीनमा ४ हजार भन्दा बढी मानिसको ज्यान गएको बताइएको छ । चीनमा यो महामारीको प्रकोप नियन्त्रणमा आएपछि अब यहाँको जनजीवन विस्तारै सामान्यतर्फ फर्किएको यहाँका सञ्चारमाध्यमले बताइएका छन् । एएफपी
News Desk 0 response सोमवार, बैशाख १५, २०७७


सम्बन्धित शीर्षकहरु

गाजामा १५ जना डाक्टर र कर्मचारी मारिएको घटनामा इजरायको सेनाले स्वीकार्यो आफ्नो गल्ती
सोमवार, बैशाख ८, २०८२-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
भारतको एक्सन : जम्मू–कश्मीरमा भएको आक्रमणपछि पाकिस्तानी..
बिहिबार, बैशाख ११, २०८२
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
आज १९ औं लोकतन्त्र दिवस : नागरिकमा..
बिहिबार, बैशाख ११, २०८२
-
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
अस्थायी र करार कर्मचारी पनि सामाजिक सुरक्षा..
मङ्लबार, बैशाख २, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२