

-
महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर दुई लाख सात हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने झण्डै ३० लाख मानिस संक्रमित भएका छन् ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा २४ घण्टाको अवधिमा मृतकको संख्यामा अघिल्ला दिनको तुलनामा केही कमी आएको छ । विश्वविद्यालयका अनुसार २४ घण्टाको अवधिमा १ हजार ३३० जनाको मृत्यु भएको छ ।
यो सहित अमेरिकामा विश्वमै सबैभन्दा बढी ५५ हजार ४१५ जनाको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा मृतकको संख्या १ लाख २२ हजारको हाराहारीमा पुगेको छ ।
कोरोनाभाइरस सम्बन्धी तथ्याँक उपलब्ध गराउँदै आएको वल्र्डओमिटर्स डट इन्फोका अनुसार हालसम्म विश्वभर ८ लाख ८१ हजार ५६१ जना उपचारपछि घर फर्किएका छन् । अझै पनि ५७ हजार ६१३ जनाको स्वास्थ्य अवस्था निकै नाजूक अवस्थामा रहेको छ । हाल संक्रमित कूल संक्रमित १९ लाखमध्ये करिब १८ लाख ५० हजार अर्थात् झण्डै ९७ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
युरोपेली मुलुकहरुमध्ये इटालीमा २६ हजार ६४४ जना, स्पेनमा २३ हजार १९० जना, फ्रान्समा २२ हजार ८५६, बेलायतमा २० हजार ७३२ जना, बेल्जियममा ७ हजार ९४ जना, जर्मनीमा ५ हजार ९७६ जना, नेदरल्यान्ड्समा ४ हजार ४७५ जना, स्वीडेनमा २ हजार १९४ जना, स्वीट्जरल्यान्डमा १ हजार ६६० जना, आयरल्यान्डमा १ हजार ८७, पोर्चुगलमा ९०३ जना तथा रसियामा ७४७ जनाको मृत्यु भएको छ ।
यसैगरी, इरानमा ५ हजार ७१० जना, चीनमा ४ हजार ६३३ जना, ब्राजिलमा ४ हजार २८६ जना, टर्कीमा २ हजार ८०५ जना, क्यानाडामा २ हजार ५६० जना, मेक्सिकोमा १ हजार ३५१ जना, भारतमा ८८४, इन्डोनेसियामा ७४३ जना, इक्वेडरमा ५७६ जनाको मृत्यु भएको छ । एजेन्सी
News Desk 0 response सोमवार, बैशाख १५, २०७७


सम्बन्धित शीर्षकहरु

गाजामा १५ जना डाक्टर र कर्मचारी मारिएको घटनामा इजरायको सेनाले स्वीकार्यो आफ्नो गल्ती
सोमवार, बैशाख ८, २०८२-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
भारतको एक्सन : जम्मू–कश्मीरमा भएको आक्रमणपछि पाकिस्तानी..
बिहिबार, बैशाख ११, २०८२
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
आज १९ औं लोकतन्त्र दिवस : नागरिकमा..
बिहिबार, बैशाख ११, २०८२
-
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
अस्थायी र करार कर्मचारी पनि सामाजिक सुरक्षा..
मङ्लबार, बैशाख २, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२