

-
गाईघाट । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा त्रियुगा नगरपालिकाले दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन शुरुआत गरेको छ ।
कोभिड–१९ को थप जोखिम हुन नदिन स्थानीय प्रशासनले भुल्केलाई सिल गरेपछि स्थानीयवासीले दैनिक उपभोग्य वस्तुमा समस्या झेल्न परेको व्यापक गुनासो उठेपछि सो नगरपालिकाले उपभोग्य वस्तु सहज उपलब्ध गराउन थालेको हो । अहिले नगरपालिकाले गाउँको पसलमा दैनिक उपभोग्य वस्तु आपूर्ति गर्ने र स्थानीयवासीसम्म पुर्याउने व्यवस्था शुरु गरेको हो ।
नगर प्रमुख बलदेव चौधरीका अनुसार नगरपालिकाले त्रिनपा–३ का वडाध्यक्षलाई भुल्केमा कुनै एक पसल सञ्चालनको व्यवस्थाको पहल गर्न लगाउने र सो पसलमा सबै उपभोग्य वस्तु उपलब्ध गराएर गाउँलेलाई वितरणको व्यवस्था मिलाइएको छ ।
भुल्केका ५५ घर मुस्लिम र अन्य ३०० घर पहाडी समुदायका पसलमा नै दैनिक उपभोग्य वस्तु ग्यास, चामल, तेल, दाल, नुन र साबुन जस्ता वस्तु आपूर्तिको व्यवस्था गरेर पालैपालो वितरण गर्ने व्यवस्था मिलाएको नगरपालिकाले जनाएको छ ।
यस्तै पशुपालक कृषकको दूध त्यत्तिकै खेर गएको भन्ने गुनासो आएपछि अहिले नगरपालिकाले स्थानीयस्तरमा नै दूध खरिद बिक्रीको व्यवस्था मिलाएको र दूध बिक्री नभए प्रत्येक दिनको कृषकको दूध नगरपालिकाले लिने र नगरपालिकाले नै पैसा भुक्तानी दिने व्यवस्था गरेर कृषकको दूध बिक्रीको समस्या समाधानको व्यवस्था मिलाइएको छ ।
यस्तै गाउँलेका लागि धान पिसान गर्न एउटा मिल दैनिक चल्न दिने र दूरी कायम गरेर भीडभाड नगरी पालैपालो मिलमा कृषकले धान पिसान गर्न सहज बनाउने कार्य पनि शुरु गरिएको नगरप्रमुख चौधरीले जानकारी दिए ।
भुल्केमा पहिलो पटक शुक्रबार भुल्केवासीका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको र अब फेरि स्थानीयवासीको पुनः स्वास्थ्य शिविर सञ्चालन गरेर स्वास्थ्य उपचार तथा परीक्षण गर्ने व्यवस्था मिलाएको पनि नगरपालिकाले जनाएको छ ।
जिल्लाका विभिन्न स्थानमा ५३० जनाको स्वाब नमूना सङ्कलन भएको ती मध्ये ५१३को रिपोर्ट आएको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए । जिल्लाका विभिन्न क्वारेन्टाइनमा २१६ रहेका छन् ।
News Desk 0 response आइतवार, बैशाख १४, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



