

-
कास्की । कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि सरकारले आह्वान गरेको लकडाउनका कारण स्थगित खोप कार्यक्रम आजदेखि शुरु हुने भएको छ ।
लकडाउनमा सामाजिक दूरी भङ्ग हुने भएकाले सङ्क्रमणको सम्भावित जोखिम रोक्न खोप स्थगन गरिएकामा पोखरा महानगरको स्वास्थ्य महाशाखाले एक महिनापछि वडा नं ११, १३ र १४ मा आज र वडा नं १२ र १५ मा वैशाख १५ गते खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ । त्यसपछिका दिनमा यसअघिको तालिकाअनुसार नियमित खोप कार्यक्रम सञ्चालन हुने छ । महानगरमा गते अनुसार वडाका सम्बन्धित खोप केन्द्रमा बालबालिकालाई खोप दिने गरिएको छ ।
मातृ शिशु मितेरी अस्पताल, शिशुवा अस्पताल, सम्पूर्ण प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्यचौकी तथा खोप केन्द्रमा यसअघि तोकिएको मिति र समयअनुसार खोप कार्यक्रम सञ्चालनको तयारी गरिएको सो महाशाखाका प्रमुख हेमन्त शर्मा पौडेलले बताए ।
गत चैत १० गतेसम्म पोखरामा खोप कार्यक्रम नियमित भएकामा लकडाउन शुरु भएपछि स्थगन गरिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालै जारी गरेको कोभिड–१९ को महामारीको समयमा नियमित खोप कार्यक्रम सञ्चालनका लागि मार्गदर्शनअनुसार महानगरका ३३ वटै वडामा खोप कार्यक्रम शुरु गर्ने तयारी गरिएको छ ।
महानगरमा एक वर्षमुनिका १० हजार २१५ बालबालिका नियमित खोप कार्यक्रममा आवद्ध रहेको बताइन्छ । बालबालिकालाई जन्मेदेखि १५ महिनाको अवधिमा सातपटक विभिन्न ११ वटा रोगविरुद्ध खोप दिइन्छ ।
खोप दिँदा भौतिक दूरी कायम गर्ने, बच्चालाई खोप दिन नहुने अवस्थाको पहिचान गर्ने, खोप दिने स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा अवलम्बन गर्ने तथा लक्षित सबै बालबालिकालाई खोप लगाउने व्यवस्था गर्ने जारी मार्गदर्शन जारी भएको सिअहेव अधिकृत हरिलाल आचार्यले जानकारी दिए । जिल्लामा अन्य चार गाउँपालिकामा भने खोप कार्यक्रम शुरु भएको छैन ।
News Desk 0 response आइतवार, बैशाख १४, २०७७

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३
-
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



