

-
साउदी अरबमा एघार भारतका एघार नागरिकको मृत्यु भएको साउदी अरबस्थित भारतीय राजदूतावासले जानकारी गराएको छ ।
“यही बुधबार (अप्रिल २२) सम्म राजदूतावासलाई प्राप्त जानकारीमा साउदी अरबको मदिनामा चार, मक्कामा तीन, जेदामा दुई गरी ११ भारतीयको कोभिड–१९ को सङ्क्रमणका कारण मृत्यु भएको छ,” राजदूतावासद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ ।
राजदूतावासले भनेको छ, “कोभिड–१९ को सङ्क्रमणबाट सिर्जित सङ्कटका समय अफवाह फैलाउँदा महामारीका कारण अनावश्यक अशान्ति र पीडा हुने हुँदा शान्त रहन भारतीय समुदायलाई अनुरोध छ । सामाजिक सञ्जालले गलत र अपुष्ट सूचनालाई प्रचार गर्नु ठीक होइन र यसका कारण सामुदायिक वैरभाव निम्तिन्छ र यसले नैतिकरूपमा भ्रष्ट वातावरणलाई प्रश्रय दिन्छ ।”
“प्रधानमन्त्री नरेन्द्र मोदीले भनेजस्ता कोेभिड–१९ को सङ्क्रमणले कुनै समुदाय, धर्म, वर्ण, जाती, भाषा, विचार र सीमा नहेर्ने हुँदा हाम्रा प्रतिक्रिया एवम् व्यवहार एकता र सहभातृत्वको श्रेष्ठतासँग गाँसिनु पर्छ,” विज्ञप्तिमा भनिएको छ ।
यसबाहेक, अरबमा खाद्यान्न, औषधि तथा अन्य आपतकालिन सहयोगको आवश्यकता भएका भारतीयहरूलाई उचित प्रवन्धका लागि राजदूतावासले सबै सम्भावित विकल्प र उपायको अवलम्वन गरिरहेको छ ।
यसअघि गत बुधबार नै साउदी अरबका लागि भारतीय राजदूत औसफ सैयदले साना सहरमा रहेका भारतीय समुदायका स्वयंसेवकहरूसँग कोभिड–१९ को भारतीय नागरिकमाथि परेको प्रभावबारे छलफल गर्नुका साथै उनीहरूको हितका लागि विभिन्न उपायहरू अवलम्वन गरिने विश्वास दिलाएका थिए । एएनआई
News Desk 0 response शुक्रबार, बैशाख १२, २०७७


सम्बन्धित शीर्षकहरु

गाजामा १५ जना डाक्टर र कर्मचारी मारिएको घटनामा इजरायको सेनाले स्वीकार्यो आफ्नो गल्ती
सोमवार, बैशाख ८, २०८२-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
भारतको एक्सन : जम्मू–कश्मीरमा भएको आक्रमणपछि पाकिस्तानी..
बिहिबार, बैशाख ११, २०८२
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
आज १९ औं लोकतन्त्र दिवस : नागरिकमा..
बिहिबार, बैशाख ११, २०८२
-
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
अस्थायी र करार कर्मचारी पनि सामाजिक सुरक्षा..
मङ्लबार, बैशाख २, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२