

-
साउदी अरबमा एघार भारतका एघार नागरिकको मृत्यु भएको साउदी अरबस्थित भारतीय राजदूतावासले जानकारी गराएको छ ।
“यही बुधबार (अप्रिल २२) सम्म राजदूतावासलाई प्राप्त जानकारीमा साउदी अरबको मदिनामा चार, मक्कामा तीन, जेदामा दुई गरी ११ भारतीयको कोभिड–१९ को सङ्क्रमणका कारण मृत्यु भएको छ,” राजदूतावासद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ ।
राजदूतावासले भनेको छ, “कोभिड–१९ को सङ्क्रमणबाट सिर्जित सङ्कटका समय अफवाह फैलाउँदा महामारीका कारण अनावश्यक अशान्ति र पीडा हुने हुँदा शान्त रहन भारतीय समुदायलाई अनुरोध छ । सामाजिक सञ्जालले गलत र अपुष्ट सूचनालाई प्रचार गर्नु ठीक होइन र यसका कारण सामुदायिक वैरभाव निम्तिन्छ र यसले नैतिकरूपमा भ्रष्ट वातावरणलाई प्रश्रय दिन्छ ।”
“प्रधानमन्त्री नरेन्द्र मोदीले भनेजस्ता कोेभिड–१९ को सङ्क्रमणले कुनै समुदाय, धर्म, वर्ण, जाती, भाषा, विचार र सीमा नहेर्ने हुँदा हाम्रा प्रतिक्रिया एवम् व्यवहार एकता र सहभातृत्वको श्रेष्ठतासँग गाँसिनु पर्छ,” विज्ञप्तिमा भनिएको छ ।
यसबाहेक, अरबमा खाद्यान्न, औषधि तथा अन्य आपतकालिन सहयोगको आवश्यकता भएका भारतीयहरूलाई उचित प्रवन्धका लागि राजदूतावासले सबै सम्भावित विकल्प र उपायको अवलम्वन गरिरहेको छ ।
यसअघि गत बुधबार नै साउदी अरबका लागि भारतीय राजदूत औसफ सैयदले साना सहरमा रहेका भारतीय समुदायका स्वयंसेवकहरूसँग कोभिड–१९ को भारतीय नागरिकमाथि परेको प्रभावबारे छलफल गर्नुका साथै उनीहरूको हितका लागि विभिन्न उपायहरू अवलम्वन गरिने विश्वास दिलाएका थिए । एएनआई
News Desk 0 response शुक्रबार, बैशाख १२, २०७७

सम्बन्धित शीर्षकहरु
-
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
इरानमा सरकार ढाल्न कठिन हुने अमेरिकी गुप्तचरको..
आइतवार, फाल्गुन २४, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२
-
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
इरानमा सरकार ढाल्न कठिन हुने अमेरिकी गुप्तचरको..
आइतवार, फाल्गुन २४, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२
-
इजरायल–इरान तनाव : खाडी मुलुकले बन्द गरे..
शनिबार, फाल्गुन १६, २०८२ -
इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको..
शनिबार, फाल्गुन १६, २०८२ -
रास्वपालाई १०० भन्दा बढी क्षेत्रमा अग्रता
शुक्रबार, फाल्गुन २२, २०८२ -
इजरायलमाथि ‘ध्वंसात्मक’ जवाफी हमला गर्ने इरानको चेतावनी
शनिबार, फाल्गुन १६, २०८२ -
भोट हाल्नका लागि ८ लाख मतदाताले उपत्यका..
शनिबार, फाल्गुन १६, २०८२



