

-
बाँके । किसानले लगाएको वसन्ते मकैमा फौजी कीराको प्रकोप देखिएको छ । डुडुवा गाउँपालिका वडा नं ६ हिरमिनियाका किसानले लगाएको वसन्ते मकैमा लागेको फौजी कीराले १०० भन्दा बढी बिघाको मकै नष्ट पारेको छ ।
कोभिड–१९ को संक्रमणबाट जोगिन आह्वान गरिएको बन्दाबन्दीका कारण औषधि अभाव भएपछि मकै नष्ट भएको हो । किसान जयपाल मौर्यले पाक्ने बेलाको मकैले बजार नपाउने चिन्ताभन्दा पनि बोटमा लागेको अमेरिकी फौजी कीराले बाली नै सखाप पार्दा लागत नै नउठ्ने चिन्ताले सताएको बताए ।
हिरमिनियाकै श्यामलाल मौर्यले बन्दाबन्दीका कारण घोगा लाग्ने बेलाको मकैबालीमा प्रकोपको रुपमा फौजी कीरा फैलिएपछि जोगिने उपायबारे कृषिविज्ञलाई जानकारी गराउन नपाइएको गुनासो गरे । धान खेतमा पनि हिरमिनियालगायत बाँके बर्दियामा अमेरिकी फौजी कीराको प्रकोप फैलिएको थियो । सोही समस्या अहिले मकैमा देखिएको छ ।
बन्दाबन्दीकै कारण किसानले कृषिज्ञान केन्द्रसम्म पुगेर आफ्नो समस्या राख्न नसकेको र आवश्यक विषादी पनि नपाइएको किसानको गुनासो छ । “बन्दाबन्दीका कारण हाम्रो लगानी खेर जाने निश्चित छ, यसका लागि कृषिज्ञान केन्द्रले तत्कालै पहल गरिदिए हुन्थ्यो ”, किसान भन्छन् ।
कृषिज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सागर ढकालका अनुसार बाँकेमा दुई हजार ४५० हेक्टर र बर्दियामा तीन हजार ९०० हेक्टर जमीनमा वसन्ते मकै खेती गरिएकामा करीब ७० प्रतिशत खेतीमा कीराको प्रकोप देखिएको छ । बन्दाबन्दीका कारण किसानलाई सिफारिस गरिएको विषादी नपाइएको र वैकल्पिक विषादीले काम नगरेका कारण फौजी कीराको प्रकोप रोक्न कठिन भएको उनले बताए । रासस
News Desk 0 response शुक्रबार, बैशाख १२, २०७७


सम्बन्धित शीर्षकहरु
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
भारतको एक्सन : जम्मू–कश्मीरमा भएको आक्रमणपछि पाकिस्तानी..
बिहिबार, बैशाख ११, २०८२
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
आज १९ औं लोकतन्त्र दिवस : नागरिकमा..
बिहिबार, बैशाख ११, २०८२
-
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
अस्थायी र करार कर्मचारी पनि सामाजिक सुरक्षा..
मङ्लबार, बैशाख २, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२