

-
काठमाडौँ । लकडाउन शुरु भएपछिको २९ दिनमा ७८ हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत चैत ११ देखि यही वैशाख १० गतेसम्म ७७ हजार ५७८ मेट्रिक टन खाद्यान्न आयात भएको हो ।
सो समयमा २४ हजार २१८ मेटन दलहन, ४० हजार ९९ मेटन तरकारी, दश हजार ८१८ मेटन फलफूल र दश हजार ९९६ मेटन दुग्धजन्य पदार्थ आयात गरिएको छ । त्यस्तै रु ९७ करोड ६९ लाख ७६ हजार बराबरको तयारी औषधि र रु २१ करोड ९१ लाख १६ हजार बराबरको कच्चा पदार्थ आयात भएको छ ।
मन्त्रालयको तथ्यांकानुसार लकडाउनको पहिलो हप्ताको तुलनामा दोस्रो र तेस्रो हप्ता आयात वृद्धि भएको छ । तेस्रो हप्तामा खाद्यान्न, दुग्धजन्य पदार्थ र तयारी औषधिको आयात बढेको छ । दलहन, तरकारी, फलफूल र औषधिको कच्चा पदार्थ आयात घटेको छ ।सबैभन्दा धेरै दुग्धजन्य पदार्थ ११७ दशमलव ४ प्रतिशतले आयात बढेको छ । त्यसपछि तयारी औषधि ६८ दशमलव ८ प्रतिशत र खाद्यान्न ३७ दशमलव ७ प्रतिशतले बढेको छ । फलफूल ३४ दशमलव ३ प्रतिशत, दलहन २४ दशमलव ४ प्रतिशत, तरकारी ४ दशमलव ५ प्रतिशत र औषधिको कच्चा पदार्थ २ प्रतिशतले घटेको छ ।
भारतको पश्चिम बंगाल सरकारले आफ्ना सबै नाका बन्द गरेकाले गत चैत २७ गतेपछि झापाको काँकडभिट्टा नाकाबाट सामान आयात तथा निर्यात ठप्प भएको छ । लकडाउनका अवधिमा वीरगञ्ज एकीकृत जाँचचौकीबाट २३० ट्रक भित्रिएको र १७९ ट्रक बाहिरिएको तथा ६८३ ट्रक रोकिएका छन् । त्यस्तै वीरगञ्ज सुख्खा बन्दरगाहबाट नब्बे ट्रक भित्रिएको, सात ट्रक बाहिरिएको र तीन हजार १५५ ट्रक रोकिएका छन् ।
भैरहवा नाकावाट १२४ ट्रक भित्रिएको, १५४ ट्रक बाहिरिएको र हाल २३४ ट्रक रोकिएका छन् । विराटनगर एकीकृत जाचँचौकीमा १०२ ट्रक भित्रिएको, १०३ ट्रक बाहिरिएको र १०१ ट्रक उतै रोकिएका छन् । विराटनगर सुख्खा बन्दरगाहमा आठ ट्रक र काकरभिट्टा नाकामा २८ ट्रक रोकिएका छन् ।
तातोपानी नाकाबाट यही वैशाख ४ गतेयता पाँच कन्टेनर र एक ट्रक औषधिजन्य पदार्थ नेपाल भित्रिएका छन् । वैशाख ४ गते एक ट्रक, वैशाख ६ गते एक कन्टेनर र वैशाख ७ गते चार कन्टेनर नेपाल भित्रिएका छन् । चीनमा कोराना भाइरसको संक्रमण बढेपछि गत माघ १३ गतेदेखि बन्द तातोपानी नाका नेपाल सरकारले चैत १२ गते अत्यावश्यक सामान ल्याउनका लागि खोल्ने निर्णय गरेको थियो ।
News Desk 0 response बिहिबार, बैशाख ११, २०७७


सम्बन्धित शीर्षकहरु
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
भारतको एक्सन : जम्मू–कश्मीरमा भएको आक्रमणपछि पाकिस्तानी..
बिहिबार, बैशाख ११, २०८२
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
आज १९ औं लोकतन्त्र दिवस : नागरिकमा..
बिहिबार, बैशाख ११, २०८२
-
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
अस्थायी र करार कर्मचारी पनि सामाजिक सुरक्षा..
मङ्लबार, बैशाख २, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२