

-
दमक । झापा, कमल गाँउपालिकाका कृषकहरु तेलहनका लागि सूर्यमुखी फूल खेतीतर्फ आकर्षित भएका छन् । तेलहनमा आत्मनिर्भर बनाउन गाउँपालिकाले प्रोत्साहन दिन थालेपछि कृषकहरु यसको खेतीमा आकर्षित भएका हुन् ।
गत वर्षदेखि गाउँपालिकाले पालिकालाई तेलहनमा आत्मनिर्भर बनाउन बीउ अनुदान दिनुका साथै प्राविधिकरूपमा सहयोग गर्न थालेपछि कृषकहरुले सूर्यमुखी फूलको व्यावसायिक खेती गर्न थालेका हुन् । यसअघि तेलहनका लागि तोरीको खेती गरिँदै आए पनि पछिल्ला समय भने कृषकहरु सूर्यमुखी फूल खेतीतर्फ आकर्षित हुँदैआएका छन् ।
कमल–७ स्थित गेउरियाका अगुवा कृषक ओमनाथ तिम्सिनाले यस वर्ष पाँच कठ्ठा जमीनमा सूर्यमुखी फूलको खेती गरेका छन् । तेलहनका लागि राम्रो मानिने सूर्यमुखी फूल यो बेला ढकमक्क फुलेका छन्, उनको बारीमा । कृषक तिम्सिनाले तेलहनका लागि तोरीभन्दा यस फूलको खेतीको उत्पादन बढ्ने र स्वास्थ्यका हिसाबले समेत यसको तेल उपयोगी भएकाले पनि परीक्षणका रूपमा खेती थालेको बताए । यस खेतीबाट राम्रै उत्पादन दिए बर्सेनि यसरी नै व्यावसायिक खेती गर्ने उनको सोचाइ छ । उनले भने, “यस पटक सूर्यमुखी फूलले राम्रै उत्पादन दियो भने यसरी नै नियमित खेती विस्तार गर्छु ।”
गाउँपालिकाबाट एक केजी बीउ अनुदान पाएर खेती गरेका उनी फूलखेतीले मनग्यै उत्पादन दिने अनुमान गर्छन् । मलजल गर्दा फूलले राम्रै उत्पादन दिने देखिएको उनको भनाइ छ । उनका अनुसार बारीमा लगाएको सबै बोट भर्खरै फुलिसकेका छन् । अबको महिना दिनभित्रमा यसबाट तेल निकाल्न सकिन्छ । इन्टरनेटको सहायताबाट खेती थाल्नुभएका उनले बिरुवाको हेरचाहदेखि बाली काट्नेसम्मको कृषि प्राविधिक ज्ञान सिकेको बताए । नजानेको कुरा इन्टरनेटबाट खोजेर यसको प्राविधिक ज्ञान लिँदै आएको उनको अनुभव छ ।
भान्सामा प्रयोग गरिने अन्य तेलभन्दा यस फूलको तेल गुणस्तर मानिने कृषकको बुझाइ छ । तेलहनमा आत्मनिर्भर बन्न प्रेरणा दिनसमेत उनले यसको खेती थालेको बताए । बजारका तेलभन्दा आफैँले उत्पादन गरेको विषादीरहित तेल उपभोग गर्न सके स्वास्थ्य सुरक्षामा थोरै भए पनि सघाउ पुग्ने उनको जिकिर छ । उनले भने, “शरीर स्वस्थ बनाउन हामीले खानेतेलमा पनि स्वच्छतामा ध्यान दिनुपर्छ, त्यसका लागि पनि यसको खेती थालेको हुँ ।”
मलजलसँगै मेहनत गरेअनुसार यस खेतीबाट उनले पाँच कठ्ठा जमीनमा १० मनभन्दा बढी तेल उत्पादन गर्ने अनुमान गरेका छन् । बजारमा अहिले १०० रुपैयाँ प्रतिकेजी यस फूलको फल बिक्री हुन्छ । बारीमा कसैले लिन चाहे त्यही दरमा तेलको तयारी अवस्थाको फल विक्री गर्ने कृषक तिम्सिनाको भनाइ छ । “सूर्यमुखीको खेतीबाट तेलका लागि आत्मनिर्भर बन्न सकिने रहेछ, यसमा राज्यले समेत प्रोत्साहित दिनुपर्छ”, उनी भन्छन् ।
गाउँपालिकाले यसवर्ष सात वटै वडाका कृषक समूहलाई सूर्यमुखीको बीउ अनुदानका रूपमा वितरण गरेको थियो । तेलहनमा आत्मनिर्भर गराउन गाउँपालिकाले गत वर्षदेखि प्रोत्साहनस्वरूप निःशुल्क बीउ वितरण गर्नुका साथै प्राविधिकसमेत उपलब्ध गराएको गाउँपालिकाको कृषि शाखाका प्राविधिक प्रेमप्रसाद पोखरेलले बताए । गाउँपालिकाले यसवर्ष ६० केजी बीउ कृषि समूहलाई अनुदान दिएको थियो । उनले कृषि समूहमार्फत बीउ पाएकामध्ये वडा नम्बर १, ५, ६, र ७ का कृषकले लगाएको सूर्यमुखी खेती फस्टाउँदै गएको बताए । गाउँपालिकाभित्र करिब ५० भन्दा बढी अगुवा कृषकले यसवर्ष सूर्यमुखी फूलको खेती गरेको कृषि शाखाले जनाएको छ ।
News Desk 0 response बिहिबार, बैशाख ११, २०७७

सम्बन्धित शीर्षकहरु
अब नेपालमा १ सय भन्दा ठूला भारतीय रुपैयाँको नोट चल्ने, २५ हजार रुपैयाँसम्म साटिने
बिहिबार, मंसिर १९, २०८२-
फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह..
सोमवार, मंसिर २३, २०८२ -
जेनजी प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको एम्नेस्टीको..
सोमवार, मंसिर २३, २०८२ -
सरकार विरुद्ध सत्याग्रह गर्दै जेनजीको मिराज ढुंगाना..
सोमवार, मंसिर २३, २०८२ -
प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको भेट, माग कार्यान्वयन..
सोमवार, मंसिर २३, २०८२ -
अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिप्रति रुस ‘सकारात्मक’,..
सोमवार, मंसिर २३, २०८२
-
फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह..
सोमवार, मंसिर २३, २०८२ -
जेनजी प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको एम्नेस्टीको..
सोमवार, मंसिर २३, २०८२ -
सरकार विरुद्ध सत्याग्रह गर्दै जेनजीको मिराज ढुंगाना..
सोमवार, मंसिर २३, २०८२ -
प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको भेट, माग कार्यान्वयन..
सोमवार, मंसिर २३, २०८२ -
अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिप्रति रुस ‘सकारात्मक’,..
सोमवार, मंसिर २३, २०८२
-
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
जेनजी प्रदर्शनमा हतियार जोगाउन नसकेका सशस्त्रका डीएसपीसहित..
मङ्लबार, मंसिर १७, २०८२ -
दुर्गा प्रसाईं दिल्लीमा, सरकारले बोलायो वार्तामा
मङ्लबार, मंसिर १७, २०८२



