

-
प्युठान । लकडाउनका कारण प्युठानका मौरीपालन किसानलाई मह काढ्न समस्या भएको छ । मौरीले मह उत्पादन गर्ने तथा काढ्ने उपयुक्त समय भए पनि चरन क्षेत्रसम्म पुग्न नपाउँदा मह काढ्न समस्या भएको हो ।
मह काढ्न नपाउँदा मौरी घार फुटाएर भाग्न थालेको प्युठान नगरपालिका–७ टिकुरीका मौरीपालक कृषक मधुसूदन भण्डारीले बताए । यसअघि मौरी चरनका लागि कपिलवस्तु लैजाने गरिए पनि बन्दाबन्दीले चरनमा लैजान नसकिएको उनले बताए ।
उनका अनुसार टिकुरीका कृषकको मौरी कपिलवस्तु, लुम्बिनी, बाँकेलगायत जिल्लामा चरनका लागि लगिएको छ । आफू एकातिर मौरी अर्कातिर हुँदा मौरीको हेरचाह गर्न नपाएको प्युठान–७ का अर्का कृषक डिमराज पोख्रेलले बताए ।
मौरी हेरचाहका लागि पास लिएर गए पनि लकडाउनका कारण बस्ने होटल नपाउने समस्या भएकाले जान नसकेको उनको भनाइ छ । मौरी जिल्ला बाहिर हुने र कृषक प्युठानमा हुँदा मौरीका गोला चोरी हुने डर बढेको नेपाल मौरीपालन महासंघ प्यूठान शाखाका अध्यक्ष विष्णु सारू बताउँछन् ।
एक दिनको मात्र पास हुँदा मह काढ्न तथा गोला सार्न नपाइएको उनको गुनासो छ । सरकारले आवश्यकता हेरेर दुईचार दिनको पासको व्यवस्था गरेमा सहज हुने उनको भनाइ छ । यस समयमा जंगलमा फूल फुल्ने हुँदा मौरी घारबाट जंगलतिर भागेको उनले बताए । उनका अनुसार प्युठान जिल्लामा सेरेना र मेलीफेरा जातका मौरी पालन गरिँदै आएको छ । जिल्लामा वार्षिक ३०–३५ टन मह उत्पादन हुने गरेको अध्यक्ष सारुले जानकारी दिए ।
News Desk 0 response बिहिबार, बैशाख ११, २०७७


सम्बन्धित शीर्षकहरु
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
भारतको एक्सन : जम्मू–कश्मीरमा भएको आक्रमणपछि पाकिस्तानी..
बिहिबार, बैशाख ११, २०८२
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
आज १९ औं लोकतन्त्र दिवस : नागरिकमा..
बिहिबार, बैशाख ११, २०८२
-
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
अस्थायी र करार कर्मचारी पनि सामाजिक सुरक्षा..
मङ्लबार, बैशाख २, २०८२ -
राष्ट्र बैंकको गभर्नरमा कुरा मिलिसक्यो : सभापति..
बिहिबार, बैशाख ४, २०८२