

-
चितवन । चितवनको इच्छाकामना गाउँपालिकामा घरघरमा पुगेर स्वास्थ्य जाँच शुरु गरिएको छ । कोरोना भाइरसको त्राससँगै लकडाउनमा रहेका गाउँपालिकाका नागरिकहरुको मुग्लिन हाइवे अस्पतालले गाउँपालिकाको सहकार्यमा व्यक्तिगत स्वास्थ्य विवरणसहित अद्यावधिक अभिलेख (हेल्थ हिस्ट्री रेकर्ड) समेत घरदैलो निःशुल्क स्वास्थ्य परीक्षण सेवा मङ्गलबारबाट शुरु गरेको हो ।
घरघरमा स्वास्थ्य जोखिम हुने व्यक्तिको पहिचान पनि गरिने र दीर्घरोगीहरुले उपचार पाएको वा नपाएको स्थिति पनि पत्ता लगाउने उद्देश्यका साथ शुरु गरिएको सो सेवाबाट पहिलो दिन वडा नं ५ मुग्लिनका ५८० व्यक्तिको घरमै पुगेर स्वास्थ्य जाँच गरिएको मुग्लिन हाइवे अस्पतालका अध्यक्ष रामबहादुर लामाले जानकारी दिए । गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, वडाध्यक्ष मोदराज सिलवालसहित अस्पताल र दारेचोक स्वास्थ्यचौकी कुरिनटारका स्वास्थ्यकर्मीहरुको टोलीले घरघरमै पुगेर स्वास्थ्य जाँच गरेको थियो ।
गाउँपालिकाभरका हरेक घरधुरीको स्वास्थ्य अभिलेख व्यक्तिगत विवरण भएको सफ्टवेयरमा राखिने र सो विवरणको निरीक्षण गाउँपालिकाको कार्यालयबाट नियमितरुपमा गर्न सकिने व्यवस्था गर्न लागिएकोे अस्पतालका अध्यक्ष लामाले बताए । यसप्रकारको डिजिटल हेल्थ हिस्ट्री भएको सुविधा नेपालमै पहिलो भएको र हरेक व्यक्तिले आफ्नो नियमित स्वास्थ्य जोखिम र स्थितिको विवरण रहेको हेल्थ हिस्ट्री आफ्नो मोबाइलमा एसएमएस एलर्ट प्रणालीबाट नियमितरुपले हेर्न सकिने पनि उनले जानकारी दिए । यो घरदैलो सेवा पहिलो चरणमा गाउँपालिकाको वडा नं ६, ५, ४, ३ को राजमार्ग क्षेत्रमा र दोस्रो चरणमा वडा नं १, २, ७ मा गरिने अध्यक्ष लामाको भनाइ छ ।
News Desk 0 response बुधबार, बैशाख १०, २०७७

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३
-
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



