

-
सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले दैनिक पाँच घण्टा मात्र पसल सञ्चालन गर्न दिने निर्णय गरेको छ । मङ्गलबार बसेको सर्वपक्षीय र सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।
कोरोना भाइरसको उच्च जोखिम रोकथाम तथा नियन्त्रणका लागि प्रशासन कार्यालयमै भएको यही वैशाख २ गतेको बैठकले वैशाख ३ गतेदेखि लागु हुने गरी बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र दूध, फलफूल, तरकारी तथा खाद्यान्न सामग्रीका पसलहरु सञ्चालन गर्न दिने निर्णय गरेको थियो । उक्त समय अपुग भएको भन्ने गुनासो बढेपछि उपभोक्ताहरुको सहजतालाई लागि ख्याल गर्दै पछिल्लो बैठकले बिहान ६ बजेदेखि बिहान ११ बजेसम्म ती पसल सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
बैठकले एक साताका लागि मात्र आयातका लागि लगाएको प्रतिबन्धको समय थप गरेको छ । वैशाख २ गतेको बैठकले ९ गतेसम्मका लागि तराईलगायत अन्य जिल्लाबाट यस जिल्लाको प्रयोजनको लागि फलफूल, माछा, मासु, अण्डा, कुखुरा, चल्ला, हरियो तरकारी ढुवानीमा प्रतिबन्ध लगाएको थियो । ती वस्तु आयातमा यही वैशाख १५ गतेसम्म आयातमा प्रतिबन्ध लगाइएको सूचना अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिएका छन् ।
यस्तै बैठकले जिल्लाभित्र खाद्यान्न ढुवानीमा लगाएको प्रतिबन्ध हाललाई खुल्ला गर्ने निर्णय गरेको छ । जिल्लाका विभिन्न स्थानमा बाटो अवरुद्ध हुँदा शान्ति सुरक्षा आपतकालीन तथा अत्यावश्यक सेवा सञ्चालनमा तथा आवतजावतमा समेत समस्या परेको हुँदा स्थानीयवासीले थुनछेक तथा अवरोध गरेको बाटो खुलाउनेसमेत निर्णय गरेको छ ।
बैठकले सामाजिक सद्भावमा प्रतिकूल असर पर्ने गरी विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत प्रवाह हुने गलत सूचना नियन्त्रण गर्ने, सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा आँच आउन नदिने तथा प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने निर्णय गरेको छ ।
News Desk 0 response बुधबार, बैशाख १०, २०७७

सम्बन्धित शीर्षकहरु
-
निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै आयोगमा..
आइतवार, माघ ५, २०८२ -
प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल
आइतवार, माघ ५, २०८२ -
गाजा शान्ति प्रक्रिया : ट्रम्प प्रशासनले गरेका..
आइतवार, माघ ५, २०८२ -
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने
आइतवार, माघ ५, २०८२ -
रास्वपाबाट चुनाव लड्न बालेनले दिए राजीनामा
आइतवार, माघ ५, २०८२
-
निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै आयोगमा..
आइतवार, माघ ५, २०८२ -
प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल
आइतवार, माघ ५, २०८२ -
गाजा शान्ति प्रक्रिया : ट्रम्प प्रशासनले गरेका..
आइतवार, माघ ५, २०८२ -
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने
आइतवार, माघ ५, २०८२ -
रास्वपाबाट चुनाव लड्न बालेनले दिए राजीनामा
आइतवार, माघ ५, २०८२
-
त्रिशूलीमा बालुवामा पुरिएको अवस्थामा डेढ वर्षपछि भेटियो..
मङ्लबार, पुस २९, २०८२ -
कांग्रेसमा विवाद मिलाउने प्रयास चल्दै
मङ्लबार, पुस २९, २०८२ -
सुनसरीमा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
शुक्रबार, पुस २५, २०८२ -
फागुन २१ गते हुने चुनावका लागि भारतले..
मङ्लबार, पुस २९, २०८२ -
अमेरिकामा केन्द्रिय बैंकका गभर्नर पावेल पक्राउ गर्ने..
सोमवार, पुस २८, २०८२



