• कोरोनाभाइरस महामारीबाट विश्व नै आक्रान्त भइरहे पनि यसबाट सबैभन्दा बढी असर युरोपेली मुलुकहरुमा देखिएको छ । युरोपेली मुलुकहरुमा मात्र एक लाख चार हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

    विश्वमा हाल संयुक्तराज्य अमेरिका, इटाली, फ्रान्स, स्पेन, बेलायत, चीन, बेल्जियम समेतका मुलुकमा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ ।

    जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मंगलबार मध्यान्हसम्ममा युरोपमा ११ लाख १९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

    कोरोना संक्रमणको महादेशीय स्थिति

    क्र.सं.महादेशकूल संक्रमितनिको भएकाकूल मृत्यु
    १.युरोप११,१९,६७६३,२६,२४९१,०४,५७९
    २.उत्तर अमेरिका८,५२,३०८८९,१६३४५,४७६
    ३.एसिया३,९८,७२९१,८७,०३६१५,१६६
    ४.दक्षिण अमेरिका८६,५९२  ३७,९४०४,०८२
    ५.अफ्रिका२४,२०९   ६,४७११,१६४
    ६.ओसेनिया८,१८६५,७३०८४
              विश्वभर२४,९०,४२१६,५३,२३३१,७०,५६६

    एपी