

-
चितवन । लकडाउनको समयमा नारायणगढ–मुग्लिन सडकखण्डको जलबिरेको पुलको कामलाई निरन्तरता दिइएको छ । वर्षात्अघि ढलान र तारले बान्ने काम सम्पन्न नभए यसअघि बनाइएका संरचनामा समेत क्षति पुग्ने भएपछि कामलाई निरन्तरता दिइएको हो ।
मुग्लिन–नारायणगढ सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार १५ मजदुरले अहिले नियमित काम गरिरहेका छन् । मजदुर थप्न नसकिए पनि पहिलेदेखिनै काम गर्दै आएका मजदुरलाई क्वारेन्टाइनमा राखेर काम गराइएको छ । पुलमा अहिले ढलानका लागि सेन्टिङ र रड बाँध्ने काम भइरहेको छ । खनालले भने, “नियमित काम गर्न सकेमा र सामग्री पाएमा वैशाखको २०–२२ गते सम्ममा हामी ढलान गर्छौँ ।”
ढलानसँगै सो पुलको बिममा तारले कस्नुपर्ने हुन्छ । वर्षात्अघि यति गरेमा हालसम्म भएको काम सुरक्षित हुने खनालले जानकारी दिए । तार कोलकाताबाट ल्याउनुपर्ने हुन्छ । विगत पाँच वर्षयता नेपालका ४० मिटरभन्दा लामो पुलमा तारले बिममा कस्ने गरी डिजाइन गरेर काम गर्दै आइएको छ ।
नारायगढ–मुग्लिन सडक फराकिलो बनाइएको भए पनि त्यहाँ रहेका १९ वटा पुल साँघुरा थिए । सडक नौ मिटरदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ । पुल भने पाँचदेखि छ मिटरसम्म मात्र फराकिलो रहेका छन् । सडकको पुनःनिर्माण सकिएसँगै चार पुलको निर्माणकार्य शुरु गरिएको थियो । जसमध्ये दासढुङ्गा, खानी र मौरी पुलको निर्माणकार्य सकिए पनि जलबिरे पुलको भने अहिलेसम्म ६२ प्रतिशत मात्रै काम सकिएको आयोजनाले जनाएको छ । १३ करोड ९५ लाख लागत रहेको जलविरे पुल ८० मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ ।
डिसेम्बर २०१७ बाट निर्माण शुरु गरिएको पुल सम्झौता भएको २१ महिनामा निर्माण सकिनुपर्ने हो तर निर्माणका क्रममा पटक–पटक डिजाइन परिवर्तन गर्नुपर्दा ढिलाइ भएको हो । पुल निर्माण गर्ने स्थान अप्ठ्यारो ठाउँ भएकाले काम गर्दै डिजाइन परिवर्तन गर्दै गर्नुपरेको खनालले जनाकारी दिए । जलविरे मन्दिरसँगै जोडेर बनाइएको यो पुल निर्माण सम्पन्न भएपछि नारायणगढ–मुग्लिन सडकको दूरी ३०० मिटर घट्ने छ । अहिले यो सडकको दूरी ३६ किलोमिटर छ । राजधानी काठमाडौँ प्रवेश र बाहिरिने प्रमुख सडक भएकाले यो सडकमा सवारी चाप उच्च छ । दैनिक १० हजार सवारी साधन आवतजावत गर्ने जनाइएको छ ।
News Desk 0 response मङ्लबार, बैशाख ९, २०७७


सम्बन्धित शीर्षकहरु
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
भारतको एक्सन : जम्मू–कश्मीरमा भएको आक्रमणपछि पाकिस्तानी..
बिहिबार, बैशाख ११, २०८२
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
आज १९ औं लोकतन्त्र दिवस : नागरिकमा..
बिहिबार, बैशाख ११, २०८२
-
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
अस्थायी र करार कर्मचारी पनि सामाजिक सुरक्षा..
मङ्लबार, बैशाख २, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२