

-
कास्की । कोरोना भाइरसको महामारीसँग जुध्न जारी लकडाउनको समयमा अत्यावश्यक कृषि उपजसम्बन्धी सेवा सञ्चालनमा परेका समस्या समाधानका लागि गण्डकी प्रदेशमा द्रुत कार्य समूह (र्यापिड रेस्पोन्स टोली) गठन गरिएको छ ।
प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले लकडाउनका कारणले सिर्जित परिस्थितिमा प्रदेशका ११ वटै जिल्लामा कृषि तथा पशुपन्छीजन्य खाद्य बस्तुको सहज बिक्रीवितरण तथा कृषि तथा पशु उत्पादन सामग्री, बीउविजन, मल, औषधि, घाँस, दानाको निर्वाध ढुवानी र कृषकका समस्या समाधानमा सहजीकरणका लागि सो टोली गठन गरिएको हो ।
टोलीमा मन्त्रालयका सचिव अच्युत प्रसाद ढकाल, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा मनप्रसाद पुन, कृषि विकास निर्देशनालयका निर्देशक निलकण्ठ पोखरेल, मन्त्रालयका उपसचिव डा गृष्म न्यौपाने, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकुमार श्रेष्ठ तथा कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख शालिकराम अधिकारी सामेल छन् ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले कृषकले उत्पादन गरेको बस्तुको बिक्रीवितरण, कृषिजन्य उत्पादनको सहज ढुवानी तथा जारी लकडाउनमा आइपर्ने कृषि तथा पशुपालन सम्बन्धी समस्याका समाधानमा यस टोलीबाट सहयोग पुग्ने बताए । उनले कृषकलाई कुनै समस्या परेमा टोलीलाई खबर गर्न पनि आग्रह गरेका छन् ।
News Desk 0 response मङ्लबार, बैशाख ९, २०७७


सम्बन्धित शीर्षकहरु
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
भारतको एक्सन : जम्मू–कश्मीरमा भएको आक्रमणपछि पाकिस्तानी..
बिहिबार, बैशाख ११, २०८२
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
आज १९ औं लोकतन्त्र दिवस : नागरिकमा..
बिहिबार, बैशाख ११, २०८२
-
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
अस्थायी र करार कर्मचारी पनि सामाजिक सुरक्षा..
मङ्लबार, बैशाख २, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२