

-
कास्की । कोरोना भाइरसको महामारीसँग जुध्न जारी लकडाउनको समयमा अत्यावश्यक कृषि उपजसम्बन्धी सेवा सञ्चालनमा परेका समस्या समाधानका लागि गण्डकी प्रदेशमा द्रुत कार्य समूह (र्यापिड रेस्पोन्स टोली) गठन गरिएको छ ।
प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले लकडाउनका कारणले सिर्जित परिस्थितिमा प्रदेशका ११ वटै जिल्लामा कृषि तथा पशुपन्छीजन्य खाद्य बस्तुको सहज बिक्रीवितरण तथा कृषि तथा पशु उत्पादन सामग्री, बीउविजन, मल, औषधि, घाँस, दानाको निर्वाध ढुवानी र कृषकका समस्या समाधानमा सहजीकरणका लागि सो टोली गठन गरिएको हो ।
टोलीमा मन्त्रालयका सचिव अच्युत प्रसाद ढकाल, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा मनप्रसाद पुन, कृषि विकास निर्देशनालयका निर्देशक निलकण्ठ पोखरेल, मन्त्रालयका उपसचिव डा गृष्म न्यौपाने, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकुमार श्रेष्ठ तथा कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख शालिकराम अधिकारी सामेल छन् ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले कृषकले उत्पादन गरेको बस्तुको बिक्रीवितरण, कृषिजन्य उत्पादनको सहज ढुवानी तथा जारी लकडाउनमा आइपर्ने कृषि तथा पशुपालन सम्बन्धी समस्याका समाधानमा यस टोलीबाट सहयोग पुग्ने बताए । उनले कृषकलाई कुनै समस्या परेमा टोलीलाई खबर गर्न पनि आग्रह गरेका छन् ।
News Desk 0 response मङ्लबार, बैशाख ९, २०७७

सम्बन्धित शीर्षकहरु
-
निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै आयोगमा..
आइतवार, माघ ५, २०८२ -
प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल
आइतवार, माघ ५, २०८२ -
गाजा शान्ति प्रक्रिया : ट्रम्प प्रशासनले गरेका..
आइतवार, माघ ५, २०८२ -
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने
आइतवार, माघ ५, २०८२ -
रास्वपाबाट चुनाव लड्न बालेनले दिए राजीनामा
आइतवार, माघ ५, २०८२
-
निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै आयोगमा..
आइतवार, माघ ५, २०८२ -
प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल
आइतवार, माघ ५, २०८२ -
गाजा शान्ति प्रक्रिया : ट्रम्प प्रशासनले गरेका..
आइतवार, माघ ५, २०८२ -
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने
आइतवार, माघ ५, २०८२ -
रास्वपाबाट चुनाव लड्न बालेनले दिए राजीनामा
आइतवार, माघ ५, २०८२
-
त्रिशूलीमा बालुवामा पुरिएको अवस्थामा डेढ वर्षपछि भेटियो..
मङ्लबार, पुस २९, २०८२ -
कांग्रेसमा विवाद मिलाउने प्रयास चल्दै
मङ्लबार, पुस २९, २०८२ -
सुनसरीमा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
शुक्रबार, पुस २५, २०८२ -
फागुन २१ गते हुने चुनावका लागि भारतले..
मङ्लबार, पुस २९, २०८२ -
अमेरिकामा केन्द्रिय बैंकका गभर्नर पावेल पक्राउ गर्ने..
सोमवार, पुस २८, २०८२



