

-
महोत्तरी । कोेरोना भाइरसको सन्त्रास छल्न जारी लकडाउनकै बीच प्रहरीले महोत्तरीमा अवैध मदिरा भट्टी नष्ट अभियान चलाएको छ । लकडाउनकै बेला भट्टीमा जमघट बढ्दै जाँदा प्रहरीले सोमबार साँझ जिल्लाको भङ्गाहा–७ मेघनाथगोरहन्नामा १७ हजार लिटर अवैध मदिरा र चारवटा भट्टी नष्ट गरेको हो ।
जिल्लाको सीतापुर, औरही र जमुनियाँ प्रहरी चौकीको संयुक्त गस्ती टोलीले रामएकवाल चौधरी, नवीन चौधरी, कमल चौधरी र रामपुकार चौधरीले सञ्चालन गरेका भट्टी नष्ट गरेको हो । चारवटै भट्टीबाट १४ हजार लिटर मदिरा बनाइने कच्चा पदार्थ, तीन हजार लिटर तयार मदिरा र मदिरा बनाउन प्रयोग गरिने भाँडा बरामद गरी नष्ट गरिएको प्रहरी टोलीको नेतृत्व गर्ने सीतापुर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक झलक घिमिरेले जानकारी दिएका छन् ।
भङ्गाहासँगै जोडिएको धनुषाको क्षिरेश्वर नगरपालिकाको रम्दैया बस्तीमा गत फागुनमा यस्तै मदिरा खाएर १५ जनाको मृत्यु हुँदा सो मदिरा पनि भङ्गाहा–३ सकरीको भट्टीबाट गएको खुलेको थियो । प्रहरीले तत्कालै सो भट्टी नष्ट गरी भट्टी सञ्चालक जगत मण्डललाई पक्राउ गरी अदालती कारवाही शुरु गरिसकेको छ ।
जिल्लाका भित्री ग्रामीण बस्तीमा सञ्चालित भट्टीमा अखाद्य वस्तु (युरिया रसायनिक मल, झुत्रा प्लाष्टिक, पुराना जुत्ताचप्पल) प्रयोग गरेर मदिरा बनाउने गरेका पाइएको छ । गत चैतमा जिल्लाकै औरही नगरपालिकाको जङ्घा नदी किनारको वनक्षेत्रभित्र सञ्चालित भट्टी पत्ता लगाएर प्रहरीले त्यहाँ यस्ता अखाद्य वस्तु मदिरा बनाउँदा प्रयोग गरेकै बेला बरामद गरेको थियो ।
ग्रामीण बस्तीमा बनाइने यस्तो मदिरा धेरैजसो गरिब वर्गका सर्वसाधारणले खाने गरेका छन् । यस्तो मदिराको सेवनले जनधनको क्षति र जनस्वास्थ्यमा हुने प्रतिकूल असर रोक्न भट्टी नष्ट गर्ने अभियान नै सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
News Desk 0 response मङ्लबार, बैशाख ९, २०७७


सम्बन्धित शीर्षकहरु
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
भारतको एक्सन : जम्मू–कश्मीरमा भएको आक्रमणपछि पाकिस्तानी..
बिहिबार, बैशाख ११, २०८२
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
आज १९ औं लोकतन्त्र दिवस : नागरिकमा..
बिहिबार, बैशाख ११, २०८२
-
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
अस्थायी र करार कर्मचारी पनि सामाजिक सुरक्षा..
मङ्लबार, बैशाख २, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२