

-
हेटौँडा । विगत दुई दिनदेखि हावाहुरी र वर्षासँगै परेको असिनाले हेटौँडालगायत मकवानपुर जिल्लामा करिब दुई करोड मूल्य बराबरको क्षति पुर्याएको छ ।
हावाहुरी र असिनाले कृषि बालीतर्फ गहुँ र मकैमा ठूलो क्षति पुर्याएको कृषि ज्ञान केन्द्र हेटौँडाले जनाएको छ । केन्द्रका अनुसार ग्रामीण तथा दुर्गम क्षेत्रमा व्यावसायिकरुपमा लगाएको भिन्डी, करेला, लौका, फर्सी, बन्दा, काउली, घिरौँउला तथा बोरीलगायत तरकारीमा क्षति पुर्याएको छ ।
क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको सो कार्यालयले जनाएको छ । तरकारी बालीमा भएका क्षतिले यसको मूल्यमा समेत वृद्धि हुने किसानको भनाइ छ । त्यस्तै हावाहुरीले मनोहरी गाउँपालिकाको दुई सय ५० घरमा क्षति पुर्याएको गाउँपालिकाले जनाएको छ । हावाहुरीले विशेषगरी विपन्न परिवारका घरको टिनको छाना उडाएको छ ।
गाउँपालिका अध्यक्ष एकराज उप्रेतीका अनुसार गाउँपालिकाको वडा नं ५ को बस्तीमा बढी क्षति भएको र त्यहाँ रहेको टिनको छाना उडाएको जनकारी दिएका छन् । यसैबीच जिल्ला प्रहरी कार्यालयले मकवानपुरले पनि क्षतिको विवरण सङ्कलन भइरहेको बताइएको छ ।
News Desk 0 response सोमवार, बैशाख ८, २०७७


सम्बन्धित शीर्षकहरु
-
वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई..
मङ्लबार, बैशाख १६, २०८२ -
देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित..
मङ्लबार, बैशाख १६, २०८२ -
शिक्षक – सरकार वार्ता सकारात्मक : आज..
मङ्लबार, बैशाख १६, २०८२ -
पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा
सोमवार, बैशाख १५, २०८२ -
इँटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर पर्सामा २..
सोमवार, बैशाख १५, २०८२
-
वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई..
मङ्लबार, बैशाख १६, २०८२ -
देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित..
मङ्लबार, बैशाख १६, २०८२ -
शिक्षक – सरकार वार्ता सकारात्मक : आज..
मङ्लबार, बैशाख १६, २०८२ -
पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा
सोमवार, बैशाख १५, २०८२ -
इँटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर पर्सामा २..
सोमवार, बैशाख १५, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२ -
रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा
आइतवार, बैशाख ७, २०८२ -
आजको मौसम : यी चार प्रदेशमा चट्याङ्गसहित..
आइतवार, बैशाख ७, २०८२ -
ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस आज काठमाडौं आउने
मङ्लबार, बैशाख ९, २०८२