

-
भोजपुर । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेसँगै भोजपुरका तरकारी कृषक समस्यामा परेका छन् । आफ्नो खेतबारीमा उत्पादन भएको तरकारी बिक्रीका लागि बजारसम्म पुर्याउन समस्या भएपछि उनीहरु मारमा परेका हुन् । सानो बजार क्षेत्रका कारण उत्पादित तरकारीले बजार नपाएपछि व्यावसायिक तरकारी खेती गर्ने किसान चिन्तित बनेका हुन् ।
स्थानीय हाटबजारहरु बन्द भएपछि किसानको तरकारी बिक्री हुन छाडेको छ । केही किसानले सामान्यरूपमा डोकोमा बोकेर ल्याएर थोरै मात्रामा बिक्री गरेपछि व्यावसायिकरूपमा तरकारी खेतीमा लागेका कृषकको तरकारी भने खपत नभएको हो । जसका कारण उनीहरुको तरकारी बारीमा कुहिन थालेको छ । भोजपुर नगरपालिका–५ का स्थानीय कृषक गीता विष्टले भने, “बजारमा तरकारी बिक्रीका लागि लैजान नपाएपछि धेरै समस्या भएको छ, उत्पादित तरकारी गाईवस्तुलाई खुवाउनुपर्ने अवस्था छ ।”
हप्तामा शनिबार र बुधबार लाग्ने स्थानीय बजार बन्द भएपछि काउली, बन्दा, आलु, सागलगायत तरकारी बाली बारीमै कुहिन थालेको उनीहरुको भनाइ छ । खेतीपातीको सिजनमा लकडाउन भएपछि कामदार, बीउबिजन ल्याउन नसकिएको किसानले बताउने गरेका छन् । तरकारी बिक्री नभएपछि घर गर्जो टार्नसमेत समस्या हुन थालेको कृषकको गुनासो छ । स्थानीय कृषक कमला थापाले भने, “तरकारी बिक्रीबाट घर खर्च जोहो गर्न निकै सजिलो थियो, बिक्री नहुँदा सबै तरकारी कुहिएर खेर गयो, बिक्रीका लागि लैजाने ठाउँ छैन, लकडाउनका कारण हामी कृषकलाई पनि धेरै समस्या थपिएको छ ।”
भोजपुरको बोखिम, पोखरे, टक्सार, आमचेकलगायत ठाउँका कृषकले मुख्य गरेर सदरमुकाममा तरकारी बिक्रीका लागि ल्याउने गरेका थिए ।
News Desk 0 response आइतवार, बैशाख ७, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३
-
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३



