

-
पूर्वी चितवनमा हावाहुरीले ठूलो परिमाणमा केराखेती नोक्सान गरेको छ । भारी वर्षासहित शुक्रबार बेलुकीको आएको हावाहुरीले करिब एक करोड बढीको क्षति भएको अनुमान गरिएको छ । हावाहुरीले रत्ननगर, कालिका, राप्ती नगरपालिकादेखि पिप्लेसम्मको केरा नष्ट गरेको हो । यस्तै पश्चिम चितवन क्षेत्रका केरा बारीसमेत नोक्सान भएको कृषक बताउँछन् ।
बन्दाबन्दीका कारण तयार भएको केरा बजारमा लैजान नसकेको अवस्थामा हावाहुरीले सयौँ किसानका केरा नोक्सान गरेको हो । कुन किसानको कति केरा नोक्सानी भएको भन्ने यकिन तथ्याङ्क आइनसकेको केरा उत्पादक सङ्घका निवर्तमान अध्यक्ष बिष्णुहरि पन्तले जानकारी दिए । उनले सबै तथ्याङ्क आउन केही दिन लाग्ने बताए ।
अन्य अन्नबाली धान, गहुँ, तोरीलगायत खेती गर्न छाडेर बैंकबाट ऋण लिएर केराखेती थालेका कृषकलाई प्राकृतिक प्रकोपले विनास ल्याउंँदा बैंकको ब्याज कसरी तिर्ने, बालबच्चा कसरी पढाउने, मजदुरको पारिश्रमिक कसरी तिर्ने र पुनःखेती कसरी सिर्जना गर्ने भन्ने चिन्ता बढेको कृषकको दुखेसो छ । हावाहुरीका कारण पसाउन लागेका, पसाएका र निकाल्ने बेलाका केरामा क्षति पुगेको छ । जिल्लाकै पकेट क्षेत्र मानिएको यो क्षेत्रमा उत्पादन हुने केरा देशभरि नै खपत हुँदै आएको थियो ।
हावाहुरीकै कारण एउटै किसानको लाखौँको क्षति पुगेको छ । केही किसानले बोटको बीमा गरे पनि अधिकांश किसानले बीमा गरेका छैनन् । त्यसलै पनि अधिकांश कृषक चिन्तित छन् । यता रत्ननगरका केही केरा व्यवसायीले केरा नष्ट भए पनि अवलोकन गर्न समितिबाट प्रतिनिधि केराबारीमा नआएको गुनासो गरेका छन् । लकडाउनका कारण पूर्ण क्षति भएको र किसान आफैँ जान नसकेको व्यवसायी बाबुराम भट्टले बताए ।
News Desk 0 response आइतवार, बैशाख ७, २०७७

सम्बन्धित शीर्षकहरु
-
उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर विस्तार
बिहिबार, जेष्ठ २१, २०८३ -
इरानको मिसाइल हमलाबाट कुवेतमा एक जनाको मृत्यु
बुधबार, जेष्ठ २०, २०८३ -
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३
-
उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर विस्तार
बिहिबार, जेष्ठ २१, २०८३ -
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३ -
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३
-
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
प्रधानमन्त्री एक हप्ताभित्रै संसदमा उपस्थित हुने :..
मङ्लबार, जेष्ठ १२, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३



