

-
झापा । झापामा करीब ६० लाख केजी हरियो चियापत्ति खेर गएको छ । चियाको ‘फस्ट फल्स’ टिप्ने बेलामा कोभिड–१९ को संक्रमण फैलिन नदिन सरकारले लकडान घोषणा गरेपछि यहाँका बगानमा उत्पादित उक्त परिमाणका हरियो चियापत्ति खेर गएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चिया अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
“चिया टिप्न नपाउँदा पत्ति हुर्किएर गएको छ”, उनले भने, “जसका कारण किसानले ठूलो नोक्सान बेहोर्नु परेको छ ।” साधारणतः प्रतिकेजी २० का दरले हिसाब गर्दा पनि किसानले १२ करोड बराबरको क्षति भएको उनको भनाइ छ । इलाम, पाँचथर, धनकुटालगायत पहाडी जिल्लामा समेत १० लाख केजी हरियो चियापत्ति नोक्सान भएको चिया अधिकृत अधिकारीले जानकारी दिए । “पहाडी जिल्लामा १० दिन अघिदेखि चिया टिप्न थालिएकाले धेरै नोक्सान हुन पाएन”, उनले भने । झापामा १२ हजार हेक्टरमा चिया खेती हुँदै आएको छ ।
साना किसान चिया व्यवसायी संघ झापाका अध्यक्ष पूर्ण कार्कीले अहिले सबैभन्दा धेरै साना चिया किसान मर्कामा परेको बताए । “पाकेको बाली भित्र्याउने अवस्था छैन”, उनले भने, “त्यसमा अझ ज्यान जोगाउनुपर्ने छ ।” अहिलेको मुख्य चुनौती कोरोना भाइरस सङ्क्रमण फैलिन नदिनु भएकाले चियाको व्यवस्थापन पछि सरकारले किसानलाई राहत दिनुपर्नेमा जोड दिए । पत्ति हुर्किएर खेर जाने अवस्था आए पनि बगानमा काम लगाउन नसकिएको उनको भनाइ छ । “काम गर्नेलाई केही भयो भने त्यसको व्यवस्थापन कसरी गर्ने ?”, उनले भने, “त्यसैले अहिले के गर्ने, नगर्ने भन्ने विषयमा साना चिया किसान ठूलो समस्यामा छन् ।” झापामा तीन हजार साना चिया किसानले चिया खेती गर्दै आएका छन् ।
चिया उत्पादक संघका केन्द्रीय सल्लाहकार चण्डी पराजुलीले फस्टफल्ड को हरियो चियापत्ति ९० प्रतिशत नोक्सान भइसकेको बताए । “राम्रो दाममा बिक्री हुने राम्रो चिया पत्ति लगभग खेर गएको छ”, उनले भने, “केही बगानमा चिया काटेर फालिसकिएको छ, केहीमा काटिँँदैछ ।”
जिल्ला प्रशासन कार्यालय झापाको रोहवारमा चिया उत्पादक संघ र चिया मजदुर प्रतिनिधिबीच आइतबारदेखि बगान र कारखाना सञ्चालन गर्ने सहमति भएको छ । कामदारलाई मास्क, हातधन साबुन पानी, सामाजिक दुरी कायम गराएर सुरक्षित तवरबाट काम सुचारु गर्ने सहमति भएको पराजुलीले बताए । अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश नम्बर १ का इञ्चार्ज भूपाल सापकोटाले कोरोना भाइरसको संक्रमणबाट बच्न तोकिएका स्वास्थ्य सम्बन्धी मापदण्ड पूरा गर्दै चिया बगान र कारखानाको काम नियमित गर्ने निर्णय भएको बताए ।
बगान तथा प्रशोधन कारखाना सञ्चालनका क्रममा तोकिएको स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा भए/नभएको विषयमा अनुगमन गर्न नेपाल चिया तथा कफी विकास बोर्डको संयोजकत्वमा अनुगमन समिति समेत गठन गरिएको छ । समितिमा चिया उत्पादक संघ, झापा उद्योग संघ र ट्रेड युनियनका प्रतिनिधि छन् ।
यसअघि स्थानीय प्रशासन चिया उद्योगी, मजदुर संघ–संगठनबीच भएको बैठकमा चिया बगानमा सिँचाइ गर्ने, विषादी छर्किने, नाला सफा गर्ने, ठूलो भएको चिया स्किपिङ गर्ने र कारखाना मर्मत गर्ने काम अघि बढाउने विषयमा सहमति भएको थियो । रासस
News Desk 0 response शनिबार, बैशाख ६, २०७७


सम्बन्धित शीर्षकहरु
-
अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल
सोमवार, चैत्र १०, २०८१ -
‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा..
सोमवार, चैत्र १०, २०८१ -
आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै
सोमवार, चैत्र १०, २०८१ -
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
सोमवार, चैत्र १०, २०८१ -
प्रथम राष्ट्रिय पानी सम्मेलन-नौ बुँदे काठमाडौँ घोषणापत्र..
सोमवार, चैत्र १०, २०८१
-
अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल
सोमवार, चैत्र १०, २०८१ -
‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा..
सोमवार, चैत्र १०, २०८१ -
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
सोमवार, चैत्र १०, २०८१ -
प्रथम राष्ट्रिय पानी सम्मेलन-नौ बुँदे काठमाडौँ घोषणापत्र..
सोमवार, चैत्र १०, २०८१ -
म्याग्दीमा सडक पूर्वाधारका ७१ योजना
सोमवार, चैत्र १०, २०८१
-
गृह मन्त्रालय अन्तर्गतका ९ उपसचिवको सरुवा (सूचीसहित)
शुक्रबार, चैत्र ७, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
शिक्षकहरूको तालिमको मोडल परिवर्तन गर्दै शिक्षा मन्त्रालय
आइतवार, चैत्र ९, २०८१ -
राष्ट्रियसभा बैठक आज बस्दै, यस्तो छ संभावित..
आइतवार, चैत्र ९, २०८१