

-
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाबीच शुक्रबार फोनमा कुराकानी भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले दक्षिण अफ्रिकाका राष्ट्रपति रामापोसालार्इ फोन गरेका थिए । त्यस फोन सम्वादमा भारतले कोविड १९ सँग सम्बन्धित सबैखाले औषधीको आपूर्ति नरोक्ने जानकारी गराएको भारतीय प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।
उनीहरुबीच फोन सम्वादका क्रममा कोविड १९ ले आ–आफ्नो देशका साथै क्षेत्रीय र विश्वमा नै उत्पन्न गरेको चुनौतीपूर्ण परिस्थितिका विषयमा कुराकानी भएको बताइएको छ ।
भारतीय प्रधानमन्त्रीको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा उहाँहरुबीच आ–आफ्नो देशमा कोविड १९ को संक्रमण नियन्त्रणका लागि अवलम्बन गरेका उपायहरुका साथै देशको अर्थतन्त्रमा पार्ने असरलाई कम गर्नका लागि अपनाइएका उपायहरुका बारेमा पचि चर्चा भएको थियो ।
त्यस वार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले दक्षिण अफ्रिकाका लागि आवश्यक औषधीसहितको सहायता उपलब्ध गराउने जानकारी दिएका थिए ।
त्यस क्रममा प्रधानमन्त्री मोदीले दक्षिण अफ्रिकी राष्ट्रपति रामापोसाले आफ्नो देशमा पनि कोविड १९ को रोकथामका लागि गरेका प्रयासहरुको बारेमा प्रसंशा गरेका थिए ।
दक्षिण अफ्रिकी राष्ट्रपति रामापोसाले आफ्नो देशका साथै हाल अफ्रिकन युनियनको समेत अध्यक्षका हैसियतले कोविड १९ को संक्रमण रोक्न अफ्रिकी देशहरुमा गरेको पहलको प्रसंशायोग्य रहेको प्रधानमन्त्री मोदीले बताएका थिए ।
त्यस क्रममा प्रधानमन्त्री मोदीले कोविड १९ को रोकथामको प्रयासका लागि दक्षिण अफ्रिकाले गरेको प्रयासमाा भारत सरकारको पूर्ण सहयोग रहने धारणा उनले राखेको सो विज्ञप्तिमा जनाइएको छ ।
भारत र दक्षिण अफ्रिकामा पछिल्लो समयमा कोविड १९ को संक्रमण बढ्दो रुपमा देखिएको छ । भारतमा त यस संक्रमणबाट १४ हजार भन्दा बढी नागरिक विरामी परेका छन् भने ४८० जनाको ज्यान गएको बताइएको छ । एएनआई
News Desk 0 response शनिबार, बैशाख ६, २०७७


सम्बन्धित शीर्षकहरु

गाजामा १५ जना डाक्टर र कर्मचारी मारिएको घटनामा इजरायको सेनाले स्वीकार्यो आफ्नो गल्ती
सोमवार, बैशाख ८, २०८२-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
भारतको एक्सन : जम्मू–कश्मीरमा भएको आक्रमणपछि पाकिस्तानी..
बिहिबार, बैशाख ११, २०८२
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
आज १९ औं लोकतन्त्र दिवस : नागरिकमा..
बिहिबार, बैशाख ११, २०८२
-
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
अस्थायी र करार कर्मचारी पनि सामाजिक सुरक्षा..
मङ्लबार, बैशाख २, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२