

-
गएको २४ घन्टायता भारतमा ९९१ कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका शनिबार जनाइएको छ । शनिबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरुको संख्या १४ हजार ३७८ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाइएको छ ।
भारतमा देखिएका यी संक्रमितहरुमध्ये १ हजार ९९२ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल ११ हजार ९०६ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ४३ रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ४८० पुगेको छ ।
शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रुपमा रहेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाउँदै आएको छ । शनिबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ ।
महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या ३ हजार ३२३ जना पुगेको शनिबार उक्त मन्त्रालय बताएको छ । यसैबीच महाराष्ट्रमा ३३१ जना उपचारपछि निको भएर घर फर्किएका बताइएको छ । महाराष्ट्र हालसम्म कोरोना भाइरस संक्रमणबाट २०१ जनाको मृत्यु भईसकेको प्राप्त समाचारमा जनाइएको छ ।
महाराष्ट्रपछि कोरोना संक्रमणको दोस्रो स्थानमा दिल्ली रहेको छ । यहाँ मात्र १ हजार ७०७ जना कोरोना भाइरस संक्रमित रहेका छन् । दिल्लीमा कोरोना भाइरस संक्रमणबाट ४२ जनाको मृत्यु भईसकेको प्राप्त समाचारमा जनाइएको छ । यसैबीच ७२ जना भने उपचारपछि घर फर्किएका छन् । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
यसैगरी यस प्रकोपको प्रभावित भारतीय राज्य तमिलनाडु तेस्रो स्थानमा रहेको छ । तमिलनाडुमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या १ हजार ३२३ जना पुगेको शनिबार बिहान प्राप्त समाचार जनाइएको छ ।
यी संक्रमितहरु मध्ये १८३ जना भने उपचारपछि घर फर्किएका छन् । तमिलनाडूमा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भईसकेको छ । कोराना प्रकोपको संक्रमणको चौथो स्थानमा राजस्थान रहेको र यहाँ १ हजार २२९ कोरोना संक्रमित रहेका शनिबार जनाइएको छ । ती मध्ये १८३ जना उपचारपछि घर फर्किसकेका छन्, भने एघार जनाको मृत्यु भएको छ ।
त्यसैगरी भारतको मध्यप्रदेश कोरोना भाइरसका संक्रमणको पाँचौ स्थानमा रहेको यहाँ १ हजार ३१० जना सक्रमित रहेका छन् । मध्यप्रदेशमा यस संक्रमित मध्ये ६९ जना निको भएर घर फर्किएका छन् भने ६९ जनाको मृत्यु भएको छ । यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या मध्ये प्रदेशमा महाराष्ट्रपछि दोस्रो स्थानमा रहेको पाइएको छ ।
उत्तर प्रदेशमा कोविड १९ सक्रमण ८०५ जनामा रहेको छ भने, केरलामा ३९६ यो संक्रमण देखिएको छ । तेलङ्गना, गुजरात र छत्तीसगलगायतका राज्यहरुमा कोरोनाका संक्रमितहरु भेटिएका छन् । गएको २४ घन्टायता भारतमा पहिलेको तुलनामा धेरै संक्रमित भेटिएका जनाइएको छ ।
भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरसको संक्रमण रोक्नको लकडाउनलाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ ।
यदि राज्य तथा जिल्लाहरुमा लकडाउन राम्रोसँग कार्यान्वयन भएको देखिएमा ती क्षेत्रमा अप्रिल २० पछि अत्यावश्यक सेवा र वस्तुका लागि केही खुकुलो गरिने उनले बताएका थिए । एएनआई
News Desk 0 response शनिबार, बैशाख ६, २०७७

सम्बन्धित शीर्षकहरु
सुडानमा ३ दिनमै ६ हजारभन्दा धेरै मानिस मारिएका संयुक्त राष्ट्रसङ्घको प्रतिवेदन
सोमवार, फाल्गुन ४, २०८२
बंगलादेशका प्रधानमन्त्रीको शपथमा नेपालसहित १३ देशका राष्ट्र प्रमुखलाई निम्तो
सोमवार, फाल्गुन ४, २०८२-
भारतको दिल्लीमा एआई शिखर सम्मेलन सुरू
सोमवार, फाल्गुन ४, २०८२ -
बङ्गलादेशका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री..
सोमवार, फाल्गुन ४, २०८२ -
रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण..
सोमवार, फाल्गुन ४, २०८२ -
मुग्लिन–मलेखु सडकमा कालोपत्र तीव्र
सोमवार, फाल्गुन ४, २०८२ -
पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला..
सोमवार, फाल्गुन ४, २०८२
-
भारतको दिल्लीमा एआई शिखर सम्मेलन सुरू
सोमवार, फाल्गुन ४, २०८२ -
बङ्गलादेशका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री..
सोमवार, फाल्गुन ४, २०८२ -
रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण..
सोमवार, फाल्गुन ४, २०८२ -
मुग्लिन–मलेखु सडकमा कालोपत्र तीव्र
सोमवार, फाल्गुन ४, २०८२ -
पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला..
सोमवार, फाल्गुन ४, २०८२
-
आजदेखि देशभर एचपीभी खोप अभियान सञ्चालन गरिँदै
आइतवार, माघ २६, २०८२ -
हङकङका सञ्चार उद्यमी जिम्मी लाइलाई २० वर्षको..
सोमवार, माघ २७, २०८२ -
जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप..
सोमवार, माघ २७, २०८२ -
इङ्गल्यान्डसँग ४ रनले नेपाल पराजित
आइतवार, माघ २६, २०८२ -
कस्तो रहला आज दिनभरको मौसम
आइतवार, माघ २६, २०८२



